रेडक्रस दिवसमा दौड प्रतियोगीता
रेडक्रस दिवसमा दौड प्रतियोगीता
गोरखाः रेडक्रस दिवसको अवसरमा भएको दौड प्रतियोगीतामा जिवन थापा मगर पहिलो भएका छन् ।
अन्जन थापा मगर दोस्रो र लोक वहादुर रोका तेस्रो भएका छन् । प्रथम, द्धितिय र तितृय हुनेलाई क्रमश पाँच हजार, तिन हजार र एक हजार पुरस्कार वितरण गरिएको थियो । रेडक्रसको ताप्ले उपशाखाको आयोजना तथा गोरखा नगरपालिका–१ र २ को समन्वयमा प्रतियोगीता भएको हो । प्रतियोगीतामा १४ जनाको सहभागीता रहेको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति यदु विलास भट्टराइ, उपशाखाका अध्यक्ष टिका वहादुर वोगटी लगायतले मन्तब्य राखेका शाखाका कोषाध्यक्ष सन्दिप वयलकोटीले जानकारी दिए ।
नेपाल रेडक्रसको ६० औँ स्थापना दिवसको अवसरमा विविध कार्यक्रम भएका छन् । गोरखा नगरपालिकामा माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगीता, ‘इङलीस स्पीच’ प्रतियोगीता पनि भएको थियो ।