जसपाद्धाराका उमेदवार सिफारिस
जसपाद्धाराका उमेदवार सिफारिस
जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतितिधि सभा र प्रदेश सभाका उमेदवारहरु सिफारिस गरेको छ ।
प्रतिनिधि सभा गोरखा क्षेत्र नम्वर १ को प्रत्यक्ष तर्फ तिलक गुरुङ र गोरखा क्षेत्र नम्वर २ मा जुना गैरेको नाम सिफारिस गरेको छ । संघीय समानुपातिकमा विष वहादुर गुरुङ र धन मायाँ गुरुङको नाम सिफारिस भएको जसपाले जनाएको छ ।
त्यस्तै निर्वाचन क्षेत्र नम्वर १ को ‘क’ मा प्रत्यक्ष तर्फ कुल मान गुरुङ, ‘ख’ मा सुक मायाँ गुरुङ, निर्वाचन क्षेत्र नम्वर २ को क मा रमेश पोखरेल र कविन्द्र अधिकारी, क्षेत्र नम्वर २ को ‘ख’ मा राम प्रसाद गुरुङको नाम सिफारिस भएको छ । त्यस्तै प्रदेश समानुपातिक तर्फ सुङमान गुरुङ र पार्वती मास्केको नाम सिफारिस भएको छ । जिल्ला कार्यसमितिले प्रदेशमा नाम सिफारिस गरेको हो ।