साबुन वनाउने तालिम सिक्दै दृष्टिविहिन
साबुन वनाउने तालिम सिक्दै दृष्टिविहिन
गोरखाः दृष्टिविहिनलाइ लक्षित गरि सावुन बनाउने तालिम शुरु भएको छ । नेत्रहिन संघको पुनस्थापन कार्यक्रम अन्तरगत भएको तालिममा २२ जनाको सहभागीता रहेको छ । आइतबारबाट शुरु भएको तालिम पाँच दिन सम्म चल्ने छ । आइतबारबाट गोरखा नगरपालिका–५ स्वाँरा स्थित नेत्रहिन संघको पुनस्थापना तथा सिप विकास तालिम केन्द्रमा संचालन भएको तालिममा गोरखा, धादिङ र तनहुँका दृष्टिविहिनहरु सहभागी छन् ।
तालिमको सोमबार घरेलु तथा साना उद्योग कार्यलयका प्रमुख सुर्य भुजेल लगायतको टोलीले अनुगमन समेत गरेका छन् । तालिमको प्रेम महर्जन र गोपाल अधिकारीले सहजिकरण गरेका छन् । यस अघि पनि उत्त कार्यक्रम अन्तरगत पञ्चेवाजा वजाउने तालिम र कम्प्यूटर सम्वन्धी तालिम भएको थियो । दृष्टिविहिनलाई सिप सिकाएर आत्मनिर्भर बनाउने उदेश्यका साथ तालिम आयोजना गरिएको हो ।