मन्दिर छेउमा खाडल प¥यो
मन्दिर छेउमा खाडल प¥यो
गोरखाःगोरखा नगरपालिका–११ स्थित बाह्र किलोमा रहेको शिवालय मन्दिर अगाडी ठुलो खाडल परेको छ ।सोमवार रातीको अविरल बर्षाका कारण जमिन भासिएर खाडल परेको स्थानीय अमृत लामिछानेले बताए । मन्दिरको जगको केही भागमा समेत क्षति पुगेको उनले जानकारी दिए ।
मन्दिर सँगै गत बर्ष वडाको पाँच लाख बजेटबाट उक्त मन्दिर निर्माण गरिएको थियो । शिवरात्रीको अवसर पारेर सो मन्दिरको उद्घाटन भएको थियो । मंगलवार गोरखा नगरपालिकाका मेयर तथा प्राविधिक सहितको टोलीले सो क्षेत्रको स्थलगत निरिक्षण समेत गरेका छन् ।