गोरखकाली मेलाको तयारी अन्तिम चरणमा
गोरखकाली मेलाको तयारी अन्तिम चरणमा
गोरखाः असोज ४ गतेबाट हुने तेस्रो गोरखकाली मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।आयोजक हरमटारी क्लवले महोत्सवको ९५ प्रतिशत तयारी सकिएको जनाएको छ । मेला स्थल हरमटारी रंगशालामा एक सय ४५ वटा स्टल निर्माण भएको क्लवका महासचिव किरण ढकालले जानकारी दिए । स्टल वुकिङको काम पनि भइरहेको उनले बताए ।
‘बाल उद्यानको काम लगभग सकिएको छ, कुन दिन कुन कलाकार आउने तय गरिसक्यौँ,’ उनले भने । महोत्सवको पहिलो दिन झाँकी सहितको ¥याली निकाल्ने पनि उनले बताए । मेलाको उद्घाटन संघीय सांसद हरिरराज अधिकारीले गर्ने तय भएको छ । असोज ४ गते देखि १४ गते सम्म ‘गोरखाको संस्कार संस्कृतिको संरक्षण र प्रवद्र्धन आर्थिक, पर्यटन र ऐतिहासिक गोरखाको अभियान’ भन्ने नाराका साथ मेला हुन लागेको हो । मेलाको ३५ हजार वढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।