स्याम्चेतका पहिरो पिडितलाई सोलार बितरण
स्याम्चेतका पहिरो पिडितलाई सोलार बितरण
गोरखा ः गोरखाको आरुघाट गाउँपालिका मान्बु–१ स्यामचेतका पहिरा पिडितलाई सोलार बितरण गरिएको छ । स्वाँरा सघन गाँउ बिकास केन्द्रको समन्वयमा स्यामचेतका पहिरा पिडितलाई सोलार बितरण गरिएको हो । पहिरो पश्चात बिस्थापित भएका २८ घर परिवारलाई सोलार बितरण गरिएको स्वाँरा सघन गाँउ बिकास केन्द्र समितिकी अध्यक्ष कृष्ण कुमारी गुरुङले जानाकारी दिइन् । ‘पहिरोले बस्ती बगाए पछि यहाँका स्थानीय अन्धकारमा बस्नुपर्ने बाध्यता रहेको थियो ।’
उनले भनिन्, ‘त्यसलाई मध्यनजर गर्दै उनीहरुको सहजताका लागी हामीले सोलार बितरण गरेका हौं ।’ उनका अनुसार प्रत्यक परिवारलाई २÷२ वटाका दरले घर घरमा पुगी सोलार वितरण गरिएको बताइन् । एक कार्यक्रमका बिच समन्वय समितीका प्रमुख मोहन थापा मगर, उपप्रमुख लिला परियार, आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङ लगायतको टोलीले संयुक्त रुपमा पहिरा पिडितलाई सोलार हस्तान्तरण गरिएको अध्यक्ष गुरुङले जानाकारी दिइन् ।
पहिरोले विस्थापित भएको बस्तीको पछिल्लो अवस्थाका बारे जिल्ला समन्वय समितीका प्रमुख थापासहित स्थानीय जनप्रतिनिधी, जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, भेटेनरी अस्पताल, स्वाँरा सघन, सिआरएस, पत्रकार लगायतको टोलीले स्थलगत निरिक्षण समेत गरेको छ । स्थलगत निरिक्षणकै क्रममा पिडितहरुलाई अन्धरकार मुक्त गर्नका लागी बिजुली बत्तीको बिकल्पमा सोलार लाइट वितरण गरिएको जनाएको छ । पहिरो गए लगत्तै आरुघाट गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, रेडक्रश गोरखा लगायतले प्रभावितलाई खाद्धान्न लगायत अस्थायी बसोवास प्रवन्धका लागि विभिन्न सहयोग गरेका थिए ।