बोर्लाङमा प्रदेश अन्तर जिल्ला स्तरीय भलिवल प्रतियोगीता शुरु
बोर्लाङमा प्रदेश अन्तर जिल्ला स्तरीय भलिवल प्रतियोगीता शुरु
गोरखाः भीमसेन थापा गाउँपालिकामा गण्डकी प्रदेश अन्तर जिल्ला स्तरीय पुरुष तथा खुल्ला महिला भलिवल प्रतियोगीता शुरु भएको छ ।
बोर्लाङ खेलकुद बिकास समितिको आयोजनामा भएको प्रतियोगीतामा पुरुष तर्फ ९ टिम र महिला तर्फ ६ टिमले टिम दर्ता गराएका छन् । वुधबार उद्घाटन कार्यक्रम भएको छ ।
नियमति खेल भने विहिबारबाट शुरु हुने आयोजकले जनाएको छ । उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हरिराज अधिकारी, भिमसेन थापा गाउँपालिकाका अध्यक्ष लोक प्रसाद वन्जरा, वडा अध्यक्ष नारायण श्रेष्ठ, कृष्ण कुमार श्रेष्ठ, विकास गुरुङ, कृष्ण गुरुङ, शुसिल श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए । उत्त प्रतियोगितामा पहिलो हुने टिमलाई एक लाख ३० हजार नगद पुरस्कार उपलब्ध गराइने छ । दोस्रो, तेस्रो र चौथो हुनेले क्रमश ७० हजार, ३५ हजार र १५ हजार नगद पुरस्कार पाउने समितिले जनाएको छ ।
खुल्ला महिला तर्फ प्रथम हुने टिमले ७० हजार नगद पुरस्कार पाउने छ । दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार र चौथो हुनेले १० हजार नगद पुरस्कार पाउने छन् ।प्रतियोगीतामा वेष्ट प्लेयर, वेष्ट स्पाईकर, वेष्ट ब्लकर, वेष्ट डिफेन्डर, वेष्ट सर्भर, वेष्ट सेटर र वेष्ट कोचलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगीता अन्तरगत ३५ बर्ष माथिकालाई लक्षित गरी भेटेरान्स पुरुष भलिवल प्रतियोगीता पनि पनि हुने छ । अन्तर वडा स्तरिय प्रतिस्पर्धा हुने उक्त प्रतियोगीतामा आठ टिम दर्ता भएको छ । उत्त प्रतियोगीतामा पहिलो हुने टिमले ४० केजीको खसी र दोस्रो हुने टिमले २५ केजीको खसी पुरस्कार पाउने छन् ।