प्रचण्डलाई गोरखा २ बाट चुनाव लडाउने माओवादीको निर्णय

प्रचण्डलाई गोरखा २ बाट चुनाव लडाउने माओवादीको निर्णय


शनिबार, अशोज २२, २०७९


प्रचण्डलाई गोरखा २ बाट चुनाव लडाउने माओवादीको निर्णय

२१ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको पदाधिकारी बैठकले चितवन–३ छाडेर प्रचण्डलाई गोरखा २ बाट प्रतिनिधिसभा सदस्यको बनाउने निर्णय गरेको हो । ‘अध्यक्षले अझ सुरक्षित क्षेत्र खोज्नुपर्छ भनेर गोरखा २ को निर्णय गरिएको हो’ एक पदाधिकारीले भने ।



पहिलो संविधानसभामा रोल्पा र काठमाडौं १० बाट चुनाव जितेका प्रचण्ड २०७० को दोस्रो संविधानसभामा सिराहा–५ र काठमाडौं–१० मा उठे । काठमाडौं १० मा हारेका उनी सिराहामा मुस्किलले जिते । प्रचण्ड २०७४ मा चितवन ३ बाट निर्वाचित भएका थिए ।

यो पटक पनि उनी यही क्षेत्रबाट उठ्न चाहन्थे । उनले पटकपटक त्यही बोलेका थिए । तर सत्ता गठबन्धनको मुख्य साझेदार नेपाली कांग्रेसमा तीव्र असन्तुष्टि देखिएको छ भने प्रचण्डविरुद्ध एमाले, राप्रपा र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी समेत लागेको माओवादी नेताहरु बताउँछन् ।

एक पदाधिकारीका अनुसार रुकुमतिर जाने कि भन्ने छलफल समेत भएको थियो । तर गोरखा २ नै तुलनात्मक रुपमा सुरक्षित भएकाले त्यही उम्मेदवार बनाउने निर्णय भएको ती पदाधिकारीले बताए ।

यो क्षेत्रबाट अघिल्लो पटक डा. बाबुराम भट्टराई निर्वाचित भएका थिए । हाल भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले माओवादीकै चुनाव चिह्नबाट निर्वाचन लड्ने सहमति गरेको छ भने भट्टराई आफैं यो पटक प्रत्यक्ष चुनाव नलड्ने घोषणा गरेका छन् ।

यो क्षेत्रबाट टिकटका आकांक्षी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि थिए । हाल राष्ट्रियसभा सदस्य रहेका श्रेष्ठ पनि प्रचण्ड आउने भएपछि चुनाव नलड्न सहमत भए ।

सत्ता गठबन्धनमा रहेको कांग्रेसका सुरेन्द्र पाण्डेले पनि टिकटको दाबी गर्दै आएका छन् । तर प्रचण्ड चितवन ३ छाडेर गोरखा २ जाने भएपछि कांग्रेस नेतृत्वले सहमति जनाएको गठबन्धनका नेताहरु बताउँछन् ।

कस्तो छ अंकगणित ?

३० वैशाखको स्थानीय निर्वाचनअनुसार गोरखा २ मा माओवादी केन्द्र पहिला दल हो । वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतका आधारमा यो क्षेत्रमा माओवादीले २२ हजार २५० मत छ । कांग्रेस हाराहारीमा छ । उसका वडाध्यक्ष उम्मेदवारहरुले २१ हजार १३६ मत छ भने जसपाको ७ हजार ५०४ मत छ ।

नेकपा एमालेको ७ हजार ९२६ मत छ । अरु दलको मत हजार कटेको छैन ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda