मासु सुकाउन वालेको आगोले सल्कीएर घर पुर्ण क्षति
मासु सुकाउन वालेको आगोले सल्कीएर घर पुर्ण क्षति
गोरखाः मासु सुकाउन वालेको आगो घरमा सल्कदाँ आरुघाट गाउँपालिका(१ धाचृएतका चन्द्रवहादुर गुरुङको घरमा आगोलागी भएको छ ।
ढुङ्गा माटोले वनेको, टिनले छाएको १तले २ कोठे घरमा आगोलागी भएको प्रहरीले जनाएको छ । भान्छा कोठामा मासु सुकाउन वालेको आगो अचानक घरमा सल्कीएर पुर्ण रुपमा क्षति पुगेको हो । आगोलागीमा परि घर भित्र रहेको नगद २० हजार रुपैया, लक्ता कपडा, खाद्यान्न जली नष्ट भएको प्रहरीले जनाउको छ ।