वेमौसमी वर्षाद र हिमपातले आरोहि र पदयात्री समस्यामा

वेमौसमी वर्षाद र हिमपातले आरोहि र पदयात्री समस्यामा


मङ्लबार, अशोज २५, २०७९


वेमौसमी वर्षाद र हिमपातले आरोहि र पदयात्री समस्यामा

गोरखाः दुइ साता अघि मनास्लु हिमपहिरोमा परी शंखुसभाका ३४ वर्षिय अनुप राइको मृत्यू भयो । उनको शव दुइ दिन पछि उद्धार भएको थियो । हिमपहिरोमा फसेका अन्यको भने उद्धार भयो । असोज दोस्रो साताको मनास्लु हिमालको क्याम्प ३ र ४ विचको हिमपहिरोमा फसेका १० जनाको उद्धार गरियो । यो वर्ष लगातार हिउँ पर्दा मनास्लु आरोहण प्रभावित बनेको छ । यो सिजनमा मनास्लु आरोहणका लागि ३८ आरोहण दलका ४ सय ४ जनाले अनुमति लिएका थिए ।

मनास्लु हिमालको क्याम्प १ र २ पिवचमा असोज तेस्रो साता गएको हिमपहिरोमा परि अर्का एक शेर्पा गाइडको पनि मृत्यू भएको छ । तिन साताको विचमा मात्र मनास्लु हिमालमा तिन जनाले ज्यान गुमाए । असोज दोस्रो साता नै अमेरिकी नागरिक हिलारी नेल्सनको पनि मनास्लु हिमालमा चिप्लीएर मृत्यू भयो । स्की गर्ने क्रममा नेल्सन हिमालबाट चिप्लीएर ५० मिटर खसेकी थिइन् । उनको पनि दुइ दिन पछि हेलिकप्टरबाट उद्धार गरिएको थियो । यस वर्ष मनास्लु हिमालमा लगातार हिउँ पर्दा आरोहण प्रभावित वनेको आरोहिहरु बताउँछन् । मनास्लु हिमाल आरोही मात्र होइन, पदयात्रामा गएका पर्यटक पनि दशैको वेला को लगातार बेमौसमी वर्षादले समस्यामा परे ।



वेमौसमी वर्षादले मनास्लु पदमार्गको ठाउँ÷ठाउँमा पहिरो जाँदा अप्ठारोमा परेको दुइ विदेशी र ६ नेपालीको हेलिकप्टरबाट चुमनुव्री गाउँपालिका–३ न्याकफेदिबाट उद्धार गरिएको थियो । बर्षाद पछि पहिरो खस्दा पैदलयात्रीले समेत समस्या झेले । चुमनुव्री गाउँपालिका–६ स्थित लोक्पा भिरमा घाइते अवस्थामा रहेका सुर्खेतका ३४ वर्षिय दिपक जिसिको पहिरो विचबाट चार दिन पछि उद्धार भयो । लोक्पा पहिरो विचमा ढुङ्गाको छेल लगाएर वसेका जिसिको प्रशासनको पहलमा गृहमन्त्रालयले आइतबार मात्र उद्धार गरेको हो । उनि विहिबार देखि पहिरो विचमै रात काटेका थिए । लोक्पा भिरबाट खसेको पहिरोले उनको खुट्टामा चोट लागेको छ ।

लगातारको वर्षाद पछि पदमार्गको ठाउँ ठाउँमा पहिरो खस्दा पदयात्रामा रहेकाहरुको यात्रा पनि जोखिम वन्न पुग्यो । केहि पर्यटक विचमै रोकिएर मौसम खुलेपछि गन्तब्यमा लागेका छन् । यो सिजनमा मनास्लु हिमाल आरोहण र मनास्लु क्षेत्रको पदयात्रा तथा लार्केपासका लागि विदेशी तथा स्वदेशी पर्यटक पनि मनास्लु क्षेत्र पुगेका छन् । मनास्लु क्षेत्र भ्रमणका लागि यो महिना उपयुत्त मानिन्छ । लोक्पा पहिरोका कारण पर्यटक चुम भ्याली अन्तरगत चुम्चेत र छेकम्पार पनि पुग्न सकेका छैनन् ।

 


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda