गोरखाका ४४ उम्मेदवारले वुझाए खर्च विवरण
गोरखाका ४४ उम्मेदवारले वुझाए खर्च विवरण
गोरखा : मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाका ४४ उम्मेदवारले निर्वाचन खर्च विवरण वुझाएका छन् ।
प्रदेश र संघमा उम्मेदवारी दिएका ४९ मध्ये ४४ जनाले निर्वाचन कार्यालयमा खर्च विवरण वुझाएका हुन् । प्रतिनिधि सभा गोरखा–१ बाट निर्वाचित राजेन्द्र वजगाइले २६ लाख ५६ हजार तिनसय १० रुपैयाको खर्च विवरण पेश गरेका छन् । प्रतिनिधि सभा गोरखा–२ मा निर्वाचित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने यस अघि नै खर्च विवरण पेश गरेका छन् । प्रचण्डले २२ लाख ६४ हजार पाँच सय रुपैयाँ खर्च भएको विवरण कार्यलयमा पेश गरेका हुन् । गोरखा–२(२) प्रदेशसभामा विजयी बनेका सुरेन्द्र राज पाण्डेले पनि १२ लाख ९९ हजार तिन सय ६५ रुपैयाको खर्च विवरण पेश गरेका छन् । गोरखा–१ को प्रतिनिधि सभामा उम्मेदवारी दिएका रामशरण वस्नेतले १३ लाख ३५ हजारको खर्च विवरण निर्वाचन कार्यालयमा वुझाएका छन् । गोरखा–१(१) प्रदेश सभाका उम्मेदवार सुरेन्द्र वहादुर थापाले आठ लाख २० हजार, गोरखा–१(२) प्रदेश सभाका उम्मेदवार मोहन प्रसाद भट्टराइले ६ लाख ९४ हजार, गोरखा–२(१) का प्रदेश सभा उम्मेदवार राजु रानाले ५ लाख ४ हजार ५३ रुपैयाँ, शुसिल पन्तले ५ लाख ४ हजारको खर्च विवरण वुझाएका छन् । उत्तरवहादुर खड्काले ५ लाख ३७ हजार दुइ सय ५२, राजेन्द्र शाहले १ लाख ६० हजार ६ सय ६५, डाक वहादुर पराजुलीलले तिन लाख ८४ हजार नौ सय १०, हरि पोखरेलले दुइ लाख ९० हजार, सुवर्ण रोकायाले एक लाख ३२ हजार दुइ सय, रामशरण आचार्यले तिन लाख १८ हजार पाँच सय रुपैया निर्वाचन खर्च विववरण वुझाएका छन् । अव पाँच जना उम्मेदवारले मात्र खर्च विवरण वुझाउन वाकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन प्रचारको क्रममा प्रयोग भएको सवारी सधान,प्रचार सामाग्री, प्रतिनिधि परिचालन लगायतका शिर्षकमा उम्मेदवारले खर्च विवरण वुझाएका छन् ।
मतगणना सम्पन्न भएको मितिले ३५ दिन भित्र खर्च विवरण वुझाउनुपर्ने प्रावधान छ । गोरखा–१(१) प्रदेश सभामा विजयी वनेका कृष्ण धिताल, १(२) प्रदेश सभामा विजयी वनेका नन्द प्रसाद न्यौपाने, २ को (१) प्रदेश सभामा विजयी वनेका फणिन्द्र देवकोटा, नेपाली कांग्रेस विपिबाट उम्मेदवारी दिएका टिकादत्त पोखरेल लगायतका १९ उम्मेदवारले भने यस अघि नै खर्च विवरण वुझाएका छन् । प्रतिनिधि सभा गोरखा क्षेत्र नम्वर २ मा २९ लाख, १ मा ३३ लाख, निर्वाचन क्षेत्र नम्वर १(१) र २(१) प्रदेश सभामा १७ लाख, २(२) प्रदेश सभामा १९ लाख र १ को (२) प्रदेश सभामा २३ लाख खर्चको हद तोकिएको छ । मतदाता संख्या, क्षेत्रफल र मतदान केन्द्रको आधारमा उम्मेदवारले खर्च गर्न पाउने हद तोकिएको हो ।
मतगणना सम्पन्न भएको मितिले ३५ दिन भित्र खर्च विवरण वुझाउनुपर्ने प्रावधान रहेकाले पुस १० गते भित्र वाकी उम्मेदवारले पनि खर्च विवरण वुझाउने कार्यालयले अपेक्षा राखेको छ ।