चित्रेपोखरीमा एक लाख पुरस्कार राशिको फुटवल प्रतियागीता शुरु
चित्रेपोखरीमा एक लाख पुरस्कार राशिको फुटवल प्रतियागीता शुरु
गोरखा : सिरानचोक गाउँपालिका–५ चित्रेपोखरीमा एक लाख पुरस्कार राशिको फुटवल प्रतियोगीता शुरु भएको छ ।
न्यू दौतरी समुहको आयोजनामा भएको १० औँ मोहन स्मृती सिरानचोक चित्रेपोखरी दौतरी कप–२०७९ फुटवल प्रतियोगीतामा २२ टिमको सहभागीता रहेको छ ।
मंगलबार न्यू जेनेरेसन डाडागाउँ र दौतरी ‘वि’ विच भएको उद्घाटन खेलमा ३–२ गोल अन्तरले डाडागाउँ विजयी वनेको छ । प्रतियोगीता अन्तरगत आज (वुधबार) पाँच खेल हुने आयोजक क्लवका अध्यक्ष प्रभाश गुरुङले जानकारी दिए । ‘गोरखा सहित तनहुँको तिन टिम, लमजुङको दुइ टिमले पनि प्रतियोगीतामा भाग लिएका छन्,’ उनले भने,‘प्रतियोगीताका लागि आवश्यक वजेट स्थानीयहरुबाटै संकलन गरेर प्रतियोगीता संचालन गरेका हौँ ।’ नकआउट विधिबाट खेलाईको प्रतियोगीतामा प्रथम हुनेले नगद १ लाख, दोस्रो हुनेले नगद ५० हजारको साथमा मेडल र ट्रफि र प्रमाणपत्र पुरस्कार पाउछन् ।
त्यस्तै सान्त्वना हुने दुइ टिमलाई १५÷१५ हजार पुरस्कारको ब्यवस्था गरिएको छ । प्रतियोगीता पौष ९ गते सम्म चल्ने छ । मंगलबारको उद्घाटन समारोहमा गाउँपालिका अधयक्ष ज्ञानेन्द्र गुरुङ, उपाध्यक्ष रिता देवकोटा वडा अध्यक्ष स्थानेश्वर पोखरेल लगायतका उपस्थिति रहेको थियो ।