शहिद लखनको गाउँ सभाको वाह्रौ अधिवेशन सम्पन्न
शहिद लखनको गाउँ सभाको वाह्रौ अधिवेशन सम्पन्न
गोरखाः शहिद लखन गाउँपालिको गाउँ सभाको बाह्रौ अधिवेशन सम्पन्न भएको छ ।
विहिबार भएको अधिवेशनले चार वटा विधेयक पास गरेको छ । न्यायीक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्वन्धमा ब्यवस्था गर्न वनेको विधेयक, संस्था दर्ता विधेयक, मदिरा(नियन्त्रण ब्यवस्थापन तथा नियमन) ऐन, २०७५ लाई संसोधन गर्न वनेको विधेयक, २०७९ वैठकमा छलफल गरि पास गरिएको छ ।
सभामा गाउँ सभा वैठक सञ्चालन कार्यविधि , २०७९ को प्रस्तुती र सैद्धान्तिक विषयमा पनि छलफल भएको थियो । गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीले राजश्व परामर्श समितिको वार्षिक प्रतिवेदन र न्यायीक समितिको वार्षिक प्रतिवेदन पेश गरेकी थिइन् ।
पुर्वाधार विकास समितिका संयोजक शरण श्रेष्ठले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा गाउपालिका अध्यक्ष रमेश थापाले गाउँसभाको वाह्रौ अधिवेशन आब्हान गरेको पत्रको ब्यहोरा सभामा जानकारी गराएका थिए । सभालाई गोरखा क्षेत्र नम्वर १(१) का गण्डकी प्रदेश सभा सदस्य कृष्ण धितालले सम्वोधन गरेका थिए ।