६० लाखको लगानीमा घ्याल्चोकमा सावुन उद्योग
६० लाखको लगानीमा घ्याल्चोकमा सावुन उद्योग
गोरखा : गण्डकी गाउँपालिका–८ घ्याल्चोक स्थित सिउरेनटारमा ६० लाखको लगानीमा सावुन उद्योग संचालनमा आएको छ ।
स्थानीय शभ्भु भुजेलले सावुन उद्योग खोलेका हुन् । ‘आफ्नै एक रोपनी जग्गामा उद्योग संचालन गरेको छु,’ उनले भने, ‘उत्पादन पनि शुरु भइसक्यो ।’ उद्योगको नाम त्रिशक्ति सावुन उद्योग राखिएको छ । उद्योगको वुधबार गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमल्सीनाले एक कार्यक्रमका विच उद्घाटन गरेका छन् ।
उद्योगका लागी आवश्यक कच्चा पदार्थ काठमाण्डौबाट ल्याउने गरेको भुजेल बताउछन् । ‘दुइ वर्ष अघि उद्योग संचालनका लागि दर्ता लगायतको काम सकेर ६ महिना अघिबाट उद्योग संचालनको काम थालेको हुँ,’ उनले भने,‘अहिले उद्योगगबाट सावुन उत्पादन थालेको छु, यहा चाहिने केहि कच्चापदार्थ वाहिर देश र केहि काठमाडौ पनि ल्याउने गरेका छु ।’ अहिले उद्योगमा उनकै घर परिवारका सदस्यहरु काम गर्छन् । भुजेलकी श्रीमतीले सावुन बनाउने तालिम समेत लिइसकेकी छन् । उद्योग संचालनको क्रममा थप कर्मचारी थप्ने उनको योजना छ ।
उद्योगबाट दैनिक २४ सय सावुन उत्पादन गर्न सकिने भुजेलको भनाइ छ । ‘अहिले खासै राम्रोसँग उत्पादन शुरु गरेका छैनौ, अलिअलि मात्र हो, अव उत्पादन बढाउँदै लान्छौ,’ उनले भने ।
उत्पादित सावुन गोरखासँगै छिमेकी जिल्लमा धादिङ र तनहूँमा पनि बिक्री वितरणका लागी पठाइने उनले बताए । उत्पादित सावुन अन्यभन्दा गुणस्तर र सुपथ मूल्यको हुने उनले जानकारी दिए । ‘अहिले गोरखामा बिराटनगर, कैलाली, बिरगंजबाट सावुन आउँछ, त्यहाबाट आउँदा ढुवानी खर्च पनि बढी लाग्छ, मेरो उद्योगमा उत्पादन भएको सावुनले अन्य सावुनले भन्दा धेरै लुगा धुन्छ अनि मूल्यपनि अरुभन्दा अलि सस्तो हुन्छ,’ उनले भने । सावुन उत्पादन सँगै वजारीकरणमा जोड दिएको उनले बताए ।