प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त
प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त
गोरखा : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधि सभा गोरखा क्षेत्र नम्वर २ बाट विजयी वनेका पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुत्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नेपालको संविधानको धारा ७६(२) अनुसार प्रचण्डलाई प्रधानमन्त्रीमा नियुत्त गरेकी हुन् । प्रचण्डलाई प्रतिनिधिसभाका १६९ सासंदको समर्थन रहेको छ । प्रचण्डले ती सांसदहरुको समर्थन सहित राष्ट्रपति समक्ष दावी पेश गरेका थिए । उनलाई माओवादी, एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुत्ती पार्टीले पनि समर्थन गरेका छन् । मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा दाहाल गोरखा–२ बाट २६ हजार एक सय ३ मत सहित विजयी वनेका थिए । नेपाली कांगेस सँग गठवन्धनबाट दाहाल गोरखा–२ बाट प्रतिनिधि सभामा विजयी वनेका हुन् । गठवन्धन दल कांग्रेस र माओवादी विच पहिलो कार्यकालय कसको नेतृत्वमा सरकार वन्ने भन्ने भागवण्डा नमिल्दा कांग्रेस सँगको गठवन्धन तोडेर दाहाल वालकोट पुगेका थिए ।
आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सम्पन्न गठबन्धनको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई अबको प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो । प्रचण्डले प्रधानमन्त्रीका रुपमा आज सोमबार दिउँसो ४ वजे सपथ ग्रहण गर्ने राष्ट्रपति कार्यलयले जनाएको छ । यसअघि २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री बनेका थिए ।
सत्ता गठबन्धनमा नेपाली कांग्रेससँग सहमति नभएपछि आइतबार मात्रै एमालेलगायत दलसँग गठबन्धन गर्दै प्रचण्ड मुलुकको ४४ औं प्रधानमन्त्री भएका हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच साढे २, साढे २ वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।