केवलकारको सेवा वन्द
केवलकारको सेवा वन्द
गोरखा : मनकामना केवलकारको सेवा वन्द भएको छ ।
विद्युत आपुर्तिमा आएको समस्याका कारण केवलकारको प्यानलमा क्षति पुगेसँगै सेवा वन्द भएको मनकामना दर्शन प्रालीले जनाएको छ । मर्मतका लागि निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयरबाट प्राविधिक वोलाएको प्रालीलले जनाएको छ । ‘प्राविधिक आएर मर्मत सक्न अझै दुइ चार दिन लाग्छ,’प्रालीका स्टेशन म्यानेजर उज्वल सेरचनले भने । प्रालिले अर्को सुचना प्रकाशन नभएसम्मको लागि सेवा स्थगत गरेको पनि जनाएको छ ।