कांग्रेस गण्डकी संसदीय दलको नेतामा पाण्डे विजयी

कांग्रेस गण्डकी संसदीय दलको नेतामा पाण्डे विजयी


बिहिबार, पुस १४, २०७९


कांग्रेस गण्डकी संसदीय दलको नेतामा पाण्डे विजयी

गोरखा : कांग्रेसको गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे विजयी भएका छन् । पाण्डेले १८ मत ल्याएर विजयी हुन् । उनका प्रतिस्पर्धी भोजराज अर्यालले ८ भोट पाए । भने १ भोट बदर भयो । कांग्रेसले गण्डकीमा २७ सिट जितेको छ । पाण्डे संस्थापन पक्षका हुन् भने अर्याल संस्थापन इतरका हुन् ।

दलको नेतामा ४ जना आकांक्षी रहे पनि गोरखा २(२) बाट निर्वाचित केन्द्रीय सदस्य पाण्डे र स्याङ्जा २(१)बाट निर्वाचित अर्यालले मनोनयन दर्ता गरेका थिए । पाण्डेको प्रस्तावक विन्दुकुमार थापा र समर्थक डा. टकराज गुरुङ थिए । गण्डकी प्रदेशसभामा कांग्रेसका २७ जना सांसद छन् । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै गण्डकीमा पनि कांग्रेसको सरकार नबन्ने निश्चित भइसकेको छ । पाण्डेले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । उनले पहिलो चरणमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना नरहेको भन्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।



कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पाण्डेले सरकार निर्माणमा राप्रपा र एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका दीपक मनाङेको मुख्य भूमिका हुने बताए । ‘कांग्रेसको नेतृत्वमा किन बन्न सक्दैन भने अहिले तत्काल भने यदि एमाले वा माओवादी हामीसँग मिलेमा मात्र सरकार बन्न सक्छ’ उनले भने, ‘ती दुई ठूलाबाहेक अरु दल मिलेर हाम्रो बहुमत आउँदैन ।’ पाण्डेले कसैको पनि बहुमत नआएमा मात्र ठूलो दलको हैसियतमा कांग्रेसले सरकारको नेतृत्व पाउने बताए । ‘समीकरण कसरी अगाडि बढ्छ भन्ने कुरा बाँकी रहेका एमालेबाहेकका दलमा निर्वाह गर्छ’ उनले भने । ६० सदस्यीय प्रदेशसभामा कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र एकीकृत समाजवादीको एक सिट छ । सरकार गठनका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ ।

आफूले राष्टिूयसभामा प्रमुख प्रतिपक्ष दलको नेताको भूमिका निर्वाह गरेर आइसकेको भन्दै अहिले पनि सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । ‘राष्टिूयसभामा तत्कालिन एमाले र माओवाद्यी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीको अझ बढी बहुमत थियो । हामी १३ जना थियौं, बाँकी उहाँहरु हुनुहुन्थ्यो । झिनो प्रतिपक्ष हुँदा पनि प्रभावकारी भूमिका निर्वाह गरेर आएको हुँ’ पाण्डेले भने ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda