गोरखा जेसिजको अध्यक्षमा गुरुङ
गोरखा जेसिजको अध्यक्षमा गुरुङ
गोरखा : गोरखा जेसिज गोरखाको अध्यक्षमा पुष्कर गुरुङ चयन भएका छन् ।
जोरखा जेसिज गोरखाको ४२ औँ वार्षिक साधारणसभा तथा ४२ औँ शाखा अधिवेशनबाट वर्ष २०२३ का लागि सुजित श्रेष्ठ र प्रमोद जंग कुँवर कार्यकारी उपाध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा तारावहादुर खड्का, भुबनवहादुर खड्का, जिवन थापा, विष्णु थापा, सहसचिवमा सोम श्रेष्ठ चयन भएका छन् । महासचिव र कोषाध्यक्ष समितिको वैठकले मनोनित गर्ने प्रवधान छ ।
गोरखा जेसिजका वर्ष २०२२ का अध्यक्ष शैलेन्द्र भट्टको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा जेसिज २००३ का अध्यक्ष दिल वहादुर वस्नेत, पुर्व अध्यक्ष जिवनज्योती श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा महासचिव पुष्कर गुरुङ ले प्रगति र कोषाध्यक्ष राजेश श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।