लियो क्लवद्धारा ६९ जना विद्यार्थीलाई न्यानो कपडा वितरण
लियो क्लवद्धारा ६९ जना विद्यार्थीलाई न्यानो कपडा वितरण
गोरखा : लियो क्लव अफ गोरखाले सिरानचोक गाउपालिका–८ को जनज्योती माध्यमिक विद्यालय चिप्लेटीका ६९ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
जाडोका लागि आवश्यक पर्ने टोपी र मोजा क्लवले विद्यार्थीलाई वितरण गरेको हो । त्यस्तै शैक्षिक गतिविधिमा सहजताका लागि ३० जना विद्यार्थीलाई स्टेशनरी सामाग्री पनि वितरण गरिएको क्लवका अध्यक्ष वालकृष्ण परियारले जानकारी दिए । कापि, कलम, सिसाकलम, इरेजर लगायतका शैक्षिक सामाग्री वितरण गरिएको हो ।
त्यस्तै एकता प्रविमा अध्ययन गर्ने ८ जना विद्यार्थीलाई पनि क्लवले न्यानो कपडा र स्टेशनरी सामाग्री वितरण गरेको छ । गाउँ÷गाउँमा लियो भन्ने उदेश्यका साथ शुरु भएको अभियान अख्तरगत न्यानो कपडा र शैक्षिक सामाग्री वितरण भएको उनले बताए । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानराज गुरुङ,क्लवका सचेत प्रविन उपरकोटी, क्लवका समिर तामाङ लगायतको सहभागीता रहेको थियो ।