निशुल्क ब्यूटीपार्लर तालिम सम्पन्न
निशुल्क ब्यूटीपार्लर तालिम सम्पन्न
गोरखा : गोरखा नगरपालिकामा तीन महिने निशुल्क केश श्रृङ्गार तथा आधारभुत ब्युटी पार्लर तालिम सम्पन्न भएको छ । ब्यवसायिक सिप विकास तालिम केन्द्र पोखराको आयोजकमा तालिम भएको हो ।
असोज ११ गते उद्घाटन भएको तालिममा सुस्मी काशीगाउ ब्यूटीपार्लर एण्ड ट्रेनिङसेन्टरकी सञ्चालिका सुस्मिता घलेले प्रशिक्षण दिएकी हुन् । उक्त तालिममा २० जना महिला प्रशिक्षार्थी सहभागी भएका थिए । गरिव तथा पछाडि परेका महिलाहरुलाइ आफ्नो जिविको पार्जनमा सहजता र स्वरोजगार वनाउने उदेश्यले उक्त तालिम दिइएको सुस्मी काशीगाउ ब्यूटीपार्लर एण्ड ट्रेनिङसेन्टरकी सञ्चालिका सुस्मिता घलेले वताइन् ।
सुवास लामिछानेको अक्ष्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि गोरखा चेम्वर अफ कमर्सका अध्यक्ष रामस्वरुप श्रेष्ठ, बिशेष अतिथि गोरखा चेम्वर अफ कमर्शका महासचिव तथा जनजाति महासंघका अध्यक्ष विष्णु राना मगर, अतिथि सुस्मिता घले, सुनिता घलान, देवी श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।