सिमा नाका खोल्न पहल गरिने
सिमा नाका खोल्न पहल गरिने
गोरखा : सिमा नाका खुलाउन पहल गरिने भएको छ । कोभिड १९ को संक्रमण सुरुवात देखि नै वन्द रहेको चुमनुव्री गाउँपालिका-१ र ७ को रुइला र ङुइला नाका खुलाउन गृहमन्त्रालय मार्फत पराराष्ट्र मन्त्रालयमा अनुरोध गर्ने विहिबार वसेको सरोकारवालाको वैठकले निर्णय गरेको हो ।
नेपाल र चिनको सिमा नाका नखुल्दा सिमा क्षेत्रका नागरिकको जीवन यापनमा कठिनाइ भएकाले नाका खुलाउन आवश्यक पहल गर्ने निर्णय भएको हो । त्यस्तै प्राकृतिक स्रोत साधनको दोहन नियन्त्रण गर्न सरोकारवाला निकायहरुले समन्वय, सहकार्य र सहजिकरण गर्ने पनि वैठकले निर्णय गरेको छ । राहदानी र राष्ट्रिय परिचयपत्रको सेवा प्रवाहलाई थप प्रभावकारी वनाउन भइरहेको स्टेशनमा एक÷एक वटा स्टेशन थप गर्न राहदानी विभाग र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागलाई पत्राचार गर्ने पनि निर्णय भएको छ ।
सुख्खा मौसममा हुने आगोलागी र वन डढोले नियन्त्रण तथा जाडोयाममा उत्तरी क्षेत्रमा हुने हिमपात, अन्य क्षेत्रमा चिसोका कारण हुने विपद न्यूनिकरणको लागि पुर्वतयारी, उद्धार, राहत र पुनस्थापनाका लागि स्थानीय तहहरुलाई पत्राचार गरिएको छ ।
सरकारी कार्यालयको सेवा प्रवाहलाई छिटो, छरितो, चुस्त दुरुस्त, पारदर्शी, ब्यवस्थित तथा सेवाग्राही मैत्री वनाउन समन्वय र पृष्ठपोषण प्रदान गर्ने पनि वैठकले निर्णय गरेको छ ।