गोरखादेखि काठमाडौंसम्मको पदमार्गमा पदयात्रा

गोरखादेखि काठमाडौंसम्मको पदमार्गमा पदयात्रा


शुक्रबार, पुस २२, २०७९


गोरखादेखि काठमाडौंसम्मको पदमार्गमा पदयात्रा

गोरखा : गोरखादेखि काठमाडौसम्मको एकिकरण पदमार्गमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ । पृथ्वी जयन्तीको अवसरमा नेपाली सेनाले पदयात्रा शुरु गरेको हो ।

गोरखा दरवारको हनुमान भञ्याङबाट पदयात्रा सुरु भएको रिपुमर्दन गणका गणपति हेमराज विष्टले बताए । उपसेनानी बम बोगटीको नेतृत्वमा ३० जनाको टोली यात्रामा सहभागी छन् । नेपालको राष्ट्रिय झण्डा, टर्च र पृथ्वीनारायण शाहले तत्कालिन समयमा खडा गरेका नेपाली सेनाका प्रथम पाँच कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्द बहादुर र सवुज) का झण्डाहरु लिएर पृथ्वी नारायण शाहकालीन पोशाकमा बाजागाजा सहित टोली यात्रामा निस्किएको विष्टले जानकारी दिए ।



गोरखा दरवारबाट सुरु भएको यात्रा धादिङ, नुवाकोट हुदै काठमाडौ पुग्ने छ । यात्राको पहिलो दिन गोरखा नगरपालिकाको ताप्ले, भीमसेन थापा गाउँपालिको अश्राङ, बोर्लाङ हुदै बोर्लाङघघाट पुगेर धादिङको शिवदल गणलाई टर्च र झण्डा हस्तान्तरण गरिएको छ । धादिङको टोलीले नुवाकोटमा टर्च र झण्डा जबरजंग गणलाई बुझाउने र नुवाकोटले काठमाडौको कालीध्वज गणलाई हस्तान्तरण गर्ने छ । काठमाडौंको टोलीले २६ पुसमा बालाजु बाइपासमा रहेको सार्दुलजंग गुल्ममा टर्च र झण्डा हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ । उक्त टर्च र झण्डा २७ पुसमा हनुमान ढोका लगिने छ ।
पदमार्ग, कोट, गढी र किल्लाहरु सम्वद्र्धन र प्रवद्र्धन गर्ने नेपाली सेनाको कार्यक्रम अन्तर्गत पदयात्रा गरिएको नेपाली सेनाले जनाएको छ । राज्य एकीकरणको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको मार्गलाई एकीकरण मार्गको रुपमा विकास गर्न शुरु भएको पदयात्रालाई चौथो वर्ष पनि निरन्तरता दिइएको हो ।

पदयात्रामा सहभागी टोलीलाई बिहीबार एक कार्यक्रमका बीच टर्च र नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरिएको छ । नेपाली सेनाका पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी दीपककुमार वानियाँले उपसेनानी बम बोगटीलाई टर्च र झण्डा हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै पृतनापति बानियाँले राष्ट्रिय एकताको सन्देशसँगै पदमार्ग, कोट, गढी र किल्लाहरु सम्वद्र्धन, संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ पदयात्रा गरिएको बताए । गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले इतिहास संरक्षणका लागि सेनाले सुरु गरेको पदयात्रा महत्वपूर्ण रहेको बताए । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले एकीकरण मार्ग प्रवद्र्धनका लागि सुरु गरिएको पदयात्राको प्रशंसा गरे ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda