पौष २७ गते आर्युवेदीक चोक देखि ठुलो आँगन सम्म सवारी पार्कीङमा रोक
पौष २७ गते आर्युवेदीक चोक देखि ठुलो आँगन सम्म सवारी पार्कीङमा रोक
गोरखा : पौष २७ गते सदरमुकामको आर्युवेदीक चोक देखि ठुलो आँगन सम्मको सडकमा कुनै पनि सवारी साधन पार्किङ गर्न नपाइने भएको छ ।
गोरखा महोत्सव र राष्ट्रनिर्माता सलामी अर्पण कार्यक्रमको शुभारभ्भको दिनलाई लक्षित गरेर ट्राफिक ब्यवस्थापनको लागि पार्कीङमा रोक लगाइएको हो । पौष २७ गते गोरखा महोत्सवको उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने तय भएको छ । सोहि दिन ठुलोआगनमा हुने राष्ट्रनिर्माता सलामी अर्पण कार्यक्रममा प्रधानसेनापती प्रभुराम शर्मा सहितको सुरक्षा निकायका प्रमुखहरुको सहभागीता रहने छ ।
पौष २७ गते हुने सवारी आवागमनलाई ब्यवस्थित गर्न प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको अध्यक्षतामा वसेको वैठकले गोरखा सदरमुकाबाट अन्यत्र जाने सवारी साधानहरुलाई विहान ९.३० बजे सम्म मात्र वसपार्कबाट संचालन गर्ने गरी ब्यवस्थापन मिलाउने निर्णय गरेको हो । पुर्व तर्फ जाने सवारी साधन अस्पताल चोक अगाडीबाट संचालन गर्ने, बसपार्क हुदै सतिपिपल, नारेश्वर जाने सवारी साधनलाई नयाँ वजार हुदै धारापानी रोहटेपानी चिल्ड्रेन पार्क हुदै संचालन गर्न भनिएको छ । पौष २७ देखि माघ ७ सम्म संचालन हुने गोरखा महोत्सवलाई मध्यनजर गरेर उचित किसिमले ट्राफिक ब्यवस्थापन मिलाउने पनि वैठकले निर्णय गरेको छ ।