ठुलो आगनमा राष्ट्रनिर्माता सलामी अर्पणको शुभारभ्भ
ठुलो आगनमा राष्ट्रनिर्माता सलामी अर्पणको शुभारभ्भ
गोरखा : ३०१ औ पृथ्वी जयन्तीको अवसर पारेर गोरखामा राष्ट्रनर्माता सलामी अर्पण शुरु भएको छ ।
नेपाली सेनाले वुधवारबाट उक्त कार्यको थालनी गरेको हो । सलामीका लागी गोरखा संग्रहालय परिसर अगाडी रहेको ठुलोआगँनमा नेपालको नक्सा अंकित मोनोग्राम र पृथ्वी नारायण शाहको शालिक निर्माण गरिएको छ । नेपाली सेनाको अगुवाइ र गोरखा नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको उक्त शालिकको वुधवार एक कार्यक्रमका बिच अनावरण गरिएको छ ।
प्रधान सेनापती प्रभुराम शर्माले शालिकको अनावरण गरेका हुन् । सँगै उनले राष्टिूय झण्डा झण्डोत्तलन र नेपालको नक्सा अंकित मोनोग्रामको पनि उद्घाटन गरेका छन् । सो ठाउँमा अव दैनिक राष्टूनिर्माता सलामी अर्पण हुने रिपुमर्दन गणका गणपती हेमराज बिष्टले बताए । ‘बिहान सुर्याेदय र वेलुकी सुर्यस्तको समयमा दैनिक राष्ट्रनिर्माता सलामी अर्पण हुन्छ,’ उनले भने, ‘रानीपोखरी व् यारेकबाट पृथ्वी नारायण शाहकालिन पोशाकमा हाम्रो एक टोली मार्चपास सहित ठुलोआँगन आउछ अनि सलामी अर्पण गरेर फर्किन्छ ।’ शालिक अनावरण पश्चात बोल्दै प्रधान सेनापती शर्माले यस कार्यले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने बताए । ऐतिहासिक महत्वको कोट, गणीहरुको संरक्षण गर्दै इतिहास संरक्षणमा नेपाली सेनाले सहयोग गर्दै आएको समेत उनले जानकारी दिए ।
पृथ्वी नारायण शाह नेपाली सेनाको संस्थापक समेत रहेको बताउँदै उनले उनको योगदानको कदर समेत गरे । प्रधानसेनापति प्रभुराम शर्माले पृथ्वीनारायण शाहले आधुनिक नेपालको निर्माण र रक्षार्थ पुर्याएको योगदान अतुलनीय रहेको बताएका छन् । राष्ट्रनिर्माताले लिएको सामरिक सोच, दृढ अठोट र परिकल्पना देशको जग र साझा फूलबारी भएको उल्लेख गरे । प्रधानसेनापति शर्माले भने, ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षालगायत महत्त्वपूर्ण हितको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै नेपाली जनताको हकहितको रक्षा गर्नु नेपाली सेनाको प्रमुख दायित्व छ ।’ सेनाका संस्थापक एवं राष्ट्रनिर्माताले नेपालको आर्थिक, सामाजिक एवं वैदेशिक नीतिका सम्बन्धमा दिएको मार्गदर्शन आज पनि उत्तिकै मननयोग्य रहेको उनले उल्लेख गरे ।
राष्ट्रिय सुरक्षा रणनीति, कूटनीति र राष्ट्रिय एकताका सम्बन्धको दिव्योपदेश हाम्रो राष्ट्रको गौरवमय इतिहास जोगाइराख्न महत्त्वपूर्ण सावित हुँदै आएको उनको भनाइ थियो । कार्यक्रममा प्रधान सेनापती शर्मासँगै नेपाली प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुको उपस्थिती रहेको थियो