म्यान अफ द गोरखा दौडको उपाधि राईले जिते
म्यान अफ द गोरखा दौडको उपाधि राईले जिते
गोरखाः म्यान अफ द गोरखा दौडको उपाधि नेपाली सेनाका गजेन्द्र राईले जितेका छन् ।
उद्योग वाणिज्य संघको आयोजनामा भएको प्रतियोगितामा पस्लाङ चौतारा देखि गोरखा दरवार सम्मको आठ किलोमिटर दौड ३० मिनेट ६ सेकेण्डमा पुरा गर्दै राइ प्रथम वनेका हुन् । ३० मिनेट ५७ ेकेण्डमा निर्धारित दुरी पुरा गरेर नेपाली सेनाका मोहनदेव जोशि दोस्रो वने । ३१ ीमनेट १३ सेकेण्डमा दौडा पुरा गर्दै टंक कार्की तेस्रो वने । कार्की पनि नेपाली सेनाकै हुन् । शसस्त्र प्रहरीका राजेन्द्र तामाङ र गोरखा नगरपालिका–५ का नवराज गुरुङले सान्त्वना स्थान हासिल गरेका छन् ।
दौड प्रतियोगीतामा प्रथम वनेका राइले नगद ३० हजार सहित मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन् । दोस्रो वनेका जोशिलाई २० हजार, तेस्रो वनेका कार्कीलाई १० हजार र सान्त्वना स्थान हासिल गरेका दुइ जनाले पाँच÷पाँच हजार नगद पुरस्कार पाएका छन् ।