साधना लघुबित्तको बार्षिक साधरण सभा सम्पन्न
साधना लघुबित्तको बार्षिक साधरण सभा सम्पन्न
गोरखाः साधना लघु बित्त बित्तीय संस्थो छैठौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाको सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा भएको साधारण सभाले गत आर्थिक बर्ष २०७८/०७९को नाफाबाट १९ प्रतिशत बोनश शेयर तथा २ ०७८/०७९को संचित मुनाफा बाट हाल कायम चुक्ता पुँजी ३२,१२,२५,५०० कर प्रयोजनका लागी १ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।
आर्थिक बर्ष २०७९/०८० को बाह्य लेखा परिक्षण कार्यका लागी लेखापरिक्षक एस.डिएण्ड एसोसिएट्स,चार्टड एकाउन्टेन्ट्स लाई नियुक्त गर्ने, भबिष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्न/गाभिने तथा प्राप्ती/सहमती सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागी उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्न,सहमति पत्रमा हस्ताक्षर गर्न सो को आधारमा सैद्धान्तिक स्वीकृतीका लागी नेपाल राष्ट्र बैकमा निवेदन दिन,सम्पत्ति तथा दायित्वको मूल्याकङ्गन गर्न परामर्शदाता, मूल्याकङ्गनकर्ता, लेखापरिक्षक नियुक्त गर्न र निजको पारिश्रमिक निर्धारण गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धी बिशेष प्रस्ताव पनि पारित गरेको छ ।
बार्षिक साधारण सभालाई सम्वोधन गर्न हुदै वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले कथित संघर्ष समितिको आन्दोलनले कार्यक्रम सञ्चालनमा असहज भएता पनि लगानीकर्ताहरु लाई राम्रो प्रतिफल दिन सफल भएको र आगामी दिनमा समेत लगानी कर्ताहरुलाई उत्कृष्ट प्रतिफल दिने साथै कार्यक्रमको गुणस्तर बृद्धि गरी ग्राहक सदस्यहरुलाई उत्कृष्ट बित्तीय सेवा प्रदान गर्नका लागी प्रतिबद्ध रहेको बताए ।
हाल बित्तीय संस्थाको ९३ बटा शाखा कार्यालय हरु मार्फत १००,००० भन्दा धेरै घर परिवारलाई प्रत्यक्षबित्तिय सेवा प्रबाह गरिरहेको छ ।