वक्तृत्वकलामा खातुन पहिलो
वक्तृत्वकलामा खातुन पहिलो
गोरखा : गोरखा महोत्सवको अवसरमा भएको वक्तृत्वकला प्रतियोगीतामा गोरखा नगरपालिका–२ ताप्लेको महालक्ष्मि माविकी अमिना खातुन पहिलो भएकी छिन् ।
आर्थिक विकासको आधार कृषि पर्यटन, उद्योग र ब्यपार विषयक वक्तृत्वकला प्रतियोगीतामा नगरपालिकाका क्षेत्रका विद्यालयको सहभागीता रहेको थियो । प्रतियोगीतामा वल्ड क्यापिटल वोर्डिङ स्ुकलकी प्रजिता वानिया दोस्रो र महेन्द्र मावि कुन्दुरका मन्दिप लामा तेस्रो भएका छन् । प्रतियोगीतामा प्रथम हुनेले नगद सात हजार, दोस्रो हुनले पाच हजार र तेस्रो हुनेले तिन हजार नगद पुरस्कार पाउने छन् ।
महोत्सव अन्तरगत सोमबार राष्ट्रिय कलाकार राजु परियार, शिला आले लगायतको प्रस्तुति रहेको थियो ।