विमान दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा दिप प्रज्वलन
विमान दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा दिप प्रज्वलन
गोरखा : पोखरामा आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा दिप प्रज्वलन गरिएको छ ।
सोमबार साँझ पुरानो वसपार्कमा नेपाल पत्रकार महासंघ गोरखा शाखा र गोरखा जेसिजको संयुत्त आयोजनामा दिप प्रज्वलन गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन वहादुर थापा, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, गोरखा जेसिजका अध्यक्ष पुष्कर गुरुङ, पत्रकार महासंघका अध्यक्ष नरहरी सापकोटा, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि लगायतका सहभागीता रहेको थियो ।
काठमाडौबाट पोखराका लागि उडेको नाइनएन एएनसी एटिआर–७२ विमान आइताबर विहान अवतरणको क्रममा पोखरामा दुर्घटना भएको थियो । दुर्घटनामा परि चालक दलका चार जना सदस्य सहित ७२ जनाको निधन भएको छ । त्यस्तै आइतबार पोखरामा भएको विमान दुर्घटनामा परी ज्यान गुमाएका पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेलको श्रद्धाञ्जली सभा भएको छ ।
पत्रकार महासंघ गोरखा शाखाको आयोजनामा भएको कार्यक्रममा वोल्दै शाखाका अध्यक्ष नरहरी सापकोटाले पौडेलको निधनले पत्रकारिता क्षेत्रमा ठुलो क्षति वेहोर्नुपरेको बताए । उर्जावान, क्षमतावान र एक कुशल पत्रकार गुमाउनुपर्दा गोरखा शाखा मर्माहत भएको उनले बताए ।