हाजिरी जवाफमा जागेश्वर पहिलो
हाजिरी जवाफमा जागेश्वर पहिलो
गोरखा : जागेश्वर माविको भुतपुर्व विद्यार्थी समाथको आयोजनामा मगलबार हाजिरी जवाफ प्रतियोगीता सम्पन्न भएको छ ।
प्रतियोगीतामा जाशेश्वर मावि वोर्लाङ प्रथम, सिद्धकाली मावि तान्द्राङ दोस्रो र सरस्वती मावि बोर्लाङ तेस्रो तथा शान्ति मावि वगुवाले सान्त्वना स्थान हासिल गरेका छन् । जागेश्वरले १ सय ७७ अंक प्राप्त गरी प्रथम वनेको हो । एक सय ५७ अंक प्राप्त गरी सिद्धकाली दोस्रो र १०४ अंक प्राप्त गरी सरस्वती तेस्रो वनेको छ ।
कार्यक्रममा भिमसेन थापा गाउपालिका–८ का वडा अध्यक्ष विष्णु कुमार श्रेष्ठ, शिक्षक, अभिभावक लगायतको सहभागीता रहेको थियो ।