हेड्स नेपालको साधारण सभा सम्पन्न
हेड्स नेपालको साधारण सभा सम्पन्न
गोरखा : हेड्स नेपाल गोरखा शाखाको नवौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
हेड्स नेपाल गोरखा शाखाका अध्यक्ष सहदेव प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय अध्यक्ष इश्वर चन्द्र वानिया, कोषाध्यक्ष दिलिप देवकोटा, सल्लाहाकार पुरुषोक्त अर्याल, आजिवन सदस्य विनोद अर्याल, राममाया श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।
सदरमुकाम स्थित हिमचुली वचत तथा ऋण सहकारी संस्थाको सभाहलमा भएको कार्यक्रममा सचिव ओम वहादुर श्रेष्ठले प्रगति प्रतिवेदन पेश गरेका थिए । कोषाध्यष दिलिप कोइरालाले १२ लाख ११ हजार नौ सय ३७ रुपैयाको आयब्याय विवरण सभामा पेश गरे । स्वास्थ्य, शिक्षा, कृषि र विपदमा सहयोग गर्ने उदेश्यले स्थापित हेड्स नेपालले विपन्न वर्गका विरामीहरुलाई पनि सहयोग गर्दै आएको छ ।