नवज्योती मावि गोरखाको वार्षिक उत्सव सम्पन्न
नवज्योती मावि गोरखाको वार्षिक उत्सव सम्पन्न
गोरखा : गोरखा नगरपालिका–७ डण्डीडाँडाको नवज्योति माविले ४८ औँ वार्षिक उत्सव तथा अभिभावक भेला विविध कार्यक्रमका गरि मनाइएको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामवावु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण वहादुर राना, शिक्षा तथा समन्वय इकाइका प्रमुख सुवास आचार्य, गोरखा नगरपालिका–७ का वडा अध्यक्ष विष्णु प्रसाद श्रेष्ठ, विद्यालय ब्यवस्थापन समितिका पुर्व अध्यक्ष काजिराम रोका, समाजसेवी यादव प्रसाद शर्मा, पुर्व प्रधानाध्यापक शिवराम कट्टेल, पुर्व विद्यार्थी दिल वहादुर गुरुङ लगायतले मन्तब्य राखेका थिए । बार्षिक उत्सवको अवसरमा शङखनारायण, सुजन स्मृति,सिर्तुङ्गे छात्रवृक्ति अक्षयकोषबाट विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गरिएको थियो । एसएलसी २०६१ ब्याचबाट चार जना विद्यार्थीलाई जनही २५ सय नगद प्रदान गरिएको थियो ।
बार्षिक उत्सवको अवसरमा ५० हजार राशिको आशिष वसेल स्मृति कोष स्थापना गरिएको छ । विद्यालय ब्यवस्थापन समितिका पुर्व अध्यक्ष कृष्णमान श्रेष्ठ, पुर्व प्रधानाध्यापक शिवराम कट्टेल, पुर्व शिक्षक डोल वहादुर थापा मगर, पुर्व विद्यार्थी रिदम गुरुङलाई सम्मान गरिएको छ ।
उत्त कार्यक्रममा जिविस चोकको न्यू टेलर्स लोगोको संचालक बालकृष्ण परियारले गरिव तथा जेहेन्दार विद्यार्थीलाई विद्यार्थी पोशाक वितरण गरेका थिए ।