संस्थागत क्षमता मुल्याङ्कनमा वारपाक सुलिकोट उत्कृष्ट
संस्थागत क्षमता मुल्याङ्कनमा वारपाक सुलिकोट उत्कृष्ट
गोरखा : स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कनमा वारपाक सुलिकोट गाउपालिका उत्कृष्ट वनेको छ ।
गत आर्थिक वर्ष ८४.७५ प्रतिशत अंक प्राप्त गर्दैै जिल्लाको अन्य पालिकाको तुलनामा बारपाक सुलिकोट उत्कृष्ट वनेको हो । आर्थिक वर्ष २०्र७७/०७८ मा सो पालिकाले ७१.२५ प्रतिशत अंक ल्याएको थियो । आर्थिक वर्ष २०७८/०७९ मा भएका विभिन्न सुचकको आधारमा मुल्याङ्कन गर्दा शहिद लखन गाउपालिका ८३.७५ अक प्राप्त गर्दै दोस्रो वनेको छ । सिरानचोक गाउपालिकाले ७९.५ प्रतिशत अंक प्राप्त गरेको छ भने भिमसेनथापा गाउपालिकाले ७४.५ प्रतिशत अंक ल्याएको छ ।
गोरखा नगरपालिकाको भने गत आर्थिक वर्षको तुलनामा खस्कीएको छ । आर्थिक वर्ष २०७७/०७८ मा ८८.५ अंक ल्याउको नगरपालिकाले गत आर्थिक वर्ष ६७.५ प्रतिशत अंक ल्याएको छ । गण्डकी गाउपालिकाले ६३.५ आरुघाट गाउपालिकाले ६१, पालुङटार र अजिरकोटले ५०.२५ र धार्चे गाउपालिकाले ४३.५ अंक प्राप्त गरेका छन् ।
बार्षिक वजेट तथा योजना ब्यवस्थापन, वित्तीय एवं आर्थिक ब्यवस्थापन, सामाजिक समावेशिकरण, शासकीय प्रवन्ध लगायतकाले १० सुचकको आधारमा स्वमुल्याङ्कन गर्ने प्रावधान छ । स्वमुल्याङकनको काम प्रत्येक वर्षको पुस मसान्त भित्र गरिसक्नुपर्ने प्रावधान छ । अघिल्लो आर्थिक वर्षको अन्त्य सम्मको तथ्याङ्कलाई आधार मानेर सवै सुचकको अंक गणना गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।
स्थानीय तहलाई वित्तिय हस्तान्तरण गर्दा स्वमुल्याङ्कन नतिजालाई पनि आधार मान्न सकिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बताएको छ ।