वावु र आमाको स्मृतिमा पार्क र शालिक निर्माण
वावु र आमाको स्मृतिमा पार्क र शालिक निर्माण
गोरखा : स्वर्गिय देवहादुर वसेल र फुलमायाँ वसेलको सम्झनामा उनका छोराहरुले गोरखा नगरपालिका–११ रानाडिहिमा शालिक र पार्क निर्माण गरेका छन् ।
चार जना छोराहरुले १० लाख खर्च गरेर पार्क र शालिक निर्माण गरेका हुन् । रानाडिहिमा निर्माण भएको शालिकको विहिबार गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण रानाले अनावरण गरे । करिव पाँच आना जग्गामो निर्माण भएको शालिक गत भदौमा निर्माण सम्पन्न भएको थियो । असोज १ गते शालिक अनावरणको तयारी गरिएपनि पारिवारीक समस्याका कारणले रोकिएको थियो ।
वुवा देवहादुर र आमा फुृलमायाँको सम्झनामा शालिक र पार्क निर्माण गरेको उनका कान्छा छोरा सुक वहादुर वसेलले जानकारी दिए । देव वहादुरको २०७६ आमा फुलमायााको ०५७ सालमा निधन भएको थियो । शालिक अनावरण कार्यक्रममा स्व. देवबहादृुर बसेलका वालशखा धन प्रसाद ढकाल, नन्द वहादुर वयलकोटी, माया देवी अगाइ, हुव कुमारी वयलकोटी, एक देव सुरखालीलाई दोसल्ला ओडाएर सम्मान गरिएको छ ।
सन्त वहादुर वसेलको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख राना, वडा नम्वर ११ का वडा अध्यक्ष राम वहादुर खड्का, लायन्स क्लव अफ गोरखातारानगरको प्रथम उपाध्यक्ष शुनिल कुँवर, राना डिहि टोल विकास संस्थाका अध्यक्ष मायाँ देवी अधिकारी लगायतको सहभागीता रहेको थियो । उत्त शालिक र पार्क रहेको क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य पनि राखिएको छ ।