अनेरास्ववियु गोरखाको अध्यक्षमा ढकाल
अनेरास्ववियु गोरखाको अध्यक्षमा ढकाल
गोरखा : नेकपा एमाले निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) गोरखाको अध्यक्षमा प्रताप ढकाल निर्वाचित भएका छन् । शनिवार भएको १४ औ जिल्ला अधिवेशनले ढकालको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कमिटि गठन गरेको हो ।
जसको उपाध्यक्षमा सुरज श्रेष्ठ, सचिवमा प्रमिला खड्का, सह–सचिवमा मिलन बराम र कोषाध्यक्षमा बिक्रम तामाङ चयन भएका छन् । सदस्यहरुमा दिवस बानिया, कुशल कट्टेल, प्रसुना परियार, सर्मिला परियार, बिशाल दानी, दिपेन्द्र मालबुल, सजन पाठक, संगिता नगरकोटी, संगिता बयलकोटी, प्रतिमा वानिया, सुदिप धिताल, मिलन बराम र उर्मिला गुरुङ रहेका छन् । त्यस्तै सुजन खतिवडा, सुनिल अधिकारी, दिल कुमारी गुरुङ, प्रनम गुरुङ, बिनोद बराम, अनिता दाहाल, सरोज श्रेष्ठ, सरिना श्रेष्ठ, आशिष केसी र रविन गुरुङ पनि सदस्यमा चयन भएका छन् ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियु केन्द्रिय कमिटि बरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, नेकपा एमाले जिल्ला किमिटि अध्यक्ष प्रेम बहादुर गुरुङ, प्रदेश कमिटि सचिवालय सदस्य बाबुराम थापा, अनेरास्ववियु प्रदेश कमिटि संयोजक प्रकाश पौडेल, केन्द्रिय कमिटि सचिवालय सदस्य एवं गोरखा जिल्ला इन्चार्ज प्रविन श्रेष्ठ, नेकपा एमाले प्रदेश कमिटि सदस्य दिनेश तमु, अनेरास्ववियु पूर्व अध्यक्ष भिमलाल श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।