भिमसेन थापा गाउँपालिकामा लोक सेवाको तयारी कक्षा
भिमसेन थापा गाउँपालिकामा लोक सेवाको तयारी कक्षा
गोरखा : भिमसेन थापा गाउपालिकामा लोक सेवा आयोग तथा शिक्षक सेवा आयोगको तयारी कक्षा शुरु भएको छ ।
गाउपालिकाको आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कक्षा संचालन गरिएको हो । पौष २८ गतेबाट वडा नम्वर ५ स्थित शान्ति माविमा भएको तयारी कक्षामा ३५ जनाले सहभागीता जनाएका छन् । उनिहरुलाई पाठ्यक्रमसँग सम्वन्धित सामाग्रीहरु समेत गाउपालिकाले उपलब्ध गराएको छ । सहभागीहरुको स्तर मापनका लागि परिक्षा समेत संचालन गरिएको गाउपालिकाले जनाएको छ ।
कक्षामा छिमेकी पालिका गोरखा नगरपालिका र आरुघाट गाउपालिकाबाट समेत सहभागीता जनाएका छन् । तयारी कक्षा संचालनले लोक सेवा आयोग तथा शिक्षक सेवा आयोगको सरकारी सेवाको परिक्षामा उत्तिण गराउने तथा सरकारी सेवामा आकर्षित गर्न उत्प्रेरित गर्ने उदेश्यले कक्षा संचालन गरिएको हो ।