बीमामा कृषकलाई जोड्न प्राविधिकलाई तालिम दिइने
बीमामा कृषकलाई जोड्न प्राविधिकलाई तालिम दिइने
गोरखाः नेपाल बीमा प्राधिकरणले स्थानिय तह गोरखा नगरपालिका संग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार गोरखा नगररपालिकाको सभाहलमा आयोजित छलफल कार्यक्रममा गोरखा नगरपालिका भित्र स्थानिय कृषकलाई जोड्नको लागि प्रत्येक वडाबाट २ जनाको दरले कृषि प्राबिधिक तालिम दिएर बीमामा उत्पेरित गराउने कार्यक्रम रहेको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले जानकारी दिए । जीवन बीमा वा निर्जिबन बीमालाई बिना झन्झट सरकारले लिएको नीति अनुसार सेबा प्रादायक बिमा संस्थाहरुले अहिलेको बिमा नीतिलाई सहज बनाउन भुमिका खेल्नु पर्ने उनले बताए ।
कार्यक्रममा जिल्लामा रहेर बीमा सम्बन्धी काम गरेका संघ सस्थाका प्रमुख एबम प्रतिनिधीहरुको सहभागिता रहेको थियो । आयोजक नेपाल बीमा प्राधिकरणले हरेक ब्यक्ति वा संघ सस्थालाई अनिबार्य बिमा गराउन स्थानिय तहका प्रमुखलाई ध्यानाकर्षण गराएका थिए । एक घर एक बिमा राज्यको नीति भएकाले नगरपालिकालाई यसमा पहल गरिदिन आग्रह गरिएको छ । कृषि लगायत पशुपंक्षीहरुमा बिमा गर्ने विषयमा पनि छलफल भएको थियो । गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण रानाले रानाले बीमाको महत्व सबै सरोकारवाला सँग पु¥याउन भुमिका खेल्ने बताए ।
नेपाल बीमा प्रधिकरणको कार्यकारी निर्देशक राजु रमण पौडेलको अध्यक्षतमा भएको कार्यक्रममा नगर प्रमुख राना, उपप्रमुख मसली माया थोकर, विभिन्न शाखाका प्रमुख, बीमा सम्बन्धी संस्थामा प्रमुख तथा प्रतिनिधिको सहभागीता रहेको थियो ।