गण्डकी प्रदेशका सभामुख धिताललाई सम्मान
गण्डकी प्रदेशका सभामुख धिताललाई सम्मान
गोरखाः नेकपा माओबादी केन्द्रले गण्डकी प्रदेशका सभामुख कृष्ण धिताललाई सम्मान गरेको छ ।
बुधबार गोरखा आएका नबनिर्बाचित सभामुख धिताललाई एक कार्यक्रमका विच सम्मान गरिएको हो । सम्मान पछि गण्डकी प्रदेश सभामुख धितालले गोरखाको बिकासमा सक्दो सहयोग गर्ने प्रतिबद्वता ब्यक्त गरे । नेकपा माओबादी केन्द्रको गण्डकी प्रदेश सभाका प्रमुख सचेतक शुसिला सिंखडा पनि गोरखा आएकी थिइन् ।
कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य अमर तमु , लेख बहादुर थापा , कमला नहर्कि , भगवती लामिछाने जिल्ला संयोजक बिष्णु भट्ट, अकुर तिमिल्सिना, गोरखा नगरपालिका मेयर कृष्ण राना तथा विभिन्न संघ स्स्थाका प्रमुख एंबम प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।