शहिद लखन गाउपालिकाको अर्धवार्षिक समिक्षा
शहिद लखन गाउपालिकाको अर्धवार्षिक समिक्षा
गोरखा : शहिद लखन गाउँपालिकाले अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
सभामा विभिन्न विषयत कार्यलयले चालु आर्थिक वर्षको ६ महिनाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सोमबार गाउँपालिका कार्यालयमा भएको अर्धवार्षिक समिक्षामा हाल सम्म एक सय कानुन निर्माण भएको जानकारी गराइएको थियो । तिन वटा नितिहरु, ३९ ऐनहरु, ४ नियमावली, ५ वटा निर्देशिका, ३ वटा मापदण्ड र ४६ कार्यविधि गाउपालिकाले जारी गरेको सभामा जानकारी गराइएको छ । गाउँपालिकाले ६ महिनाको अवधिमा ६८ लाख ५९ हजार आन्तरिक आम्दानी गरेको छ । त्यस्तै चालु र पुजिगत तर्फ ३१.९ प्रतिशत खर्च गरेको प्रगति प्रतिवेदन पनि सभामा प्रस्तुत गरिएको छ । सहकारी संस्थाहरुलाई नियमन गर्न सवै सहकारी संस्थाहरुलाई कोपोमिस प्रणालीमा आवद्ध गर्ने कार्य पनि निरन्तर चलिरहेको सभामा जानकारी गराइएको छ ।
पालिका स्तरको नमुना कृषकको सञ्जाल मार्फत ब्यवसायीक रुपमा पशुपालन गर्न सकिने, स्थानीय उत्पादनलाई वढवा दिइ स्थानीय वजार देखि अन्य वाह्य वजार सम्म पठाउन सकिने, ठाउँ ठाउँमा संकलन केन्द्र स्थापना गरेर सामुहिक कृषि उपज विक्रि गर्न सकिने संभावना पनि गाउँपालिकाले औल्याएको छ । प्रत्येक वडालाई पशु तथा कृषि उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गर्ने कार्यक्रमलाई पनि गाउपालिकाले निरन्तरता दिएको छ । समिक्षा कार्यक्रममा गण्डकी प्रदेशका सभामुख कृष्ण धिताल, जिल्ला समन्वय समितिकी उपप्रमुख लिला परियार, शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा, गाउँसभा सदस्य तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।