मनकामनामा ‘ख’ वर्गको सुविधा सम्पन्न एम्वुलेन्स
मनकामनामा ‘ख’ वर्गको सुविधा सम्पन्न एम्वुलेन्स
गोरखा ः नेपाल रेडक्रस सोसाइटी मनकामना उपशाखा अन्तरगत संचालन हुने गरी सुविधा सम्पन्न एम्वुलेन्स प्राप्त भएको छ ।
आइसीआरसी र आइएफ आरसीले सहयोग गरेको ‘ख’ वर्गको एम्वुलेन्स मंगलबार हस्तान्तरण गरिएको छ । एम्वुलेन्समा स्वास्थ्यकर्मी, भेन्टिलेटर, सिलिण्डर, हात धुने वेसन लगायतका सुविधा रहने जिल्ला रेडक्रस सोसाइटीका सुवास घिमिरेले बताए । रेडक्रसको अन्तराष्ट्रिय महासंघ र अन्तराष्ट्रिय समितिको पहलमा देशभर ३० वटा एम्वुलेन्स प्राप्त भएको छ ।
गोरखामा प्राप्त एम्वुलेन्स फागुन पहिलो साताबाट संचालनको तयारी गरिएको घिमिरेले जानकारी दिए । मंगलबार घिमिरे र रेडक्रस सोसाइटी मनकामना उपसाशाखाका सभापति हिरा वहादुर थापा मगरलाई आइसिआरसिका जगन चापागाइले एम्वुलेन्स हस्तान्तरण गरे । ‘सुविधा सम्पन्न एम्वुलेन्स संचालन गर्न खर्च पनि धेरै हुन्छ, वडा पालिका, उपशाखाको प्रतिवद्धता पछि मनकामनामा संचालन गर्ने तयारी गरेका हौँ,’ घिमिरेले भने,‘एउटा निति वनाएर फागुन पहिलो साताबाट एम्वुलेन्स संचालन हुन्छ ।’
ताजा अपडेट
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार