तिन मतदान स्थल थप्न र एक सार्न सिफारिस
तिन मतदान स्थल थप्न र एक सार्न सिफारिस
गोरखा : जिल्लाका तिन मतदान स्थल थप्न र एउटा सार्न सिफारिस भएको छ ।
जिल्ला मदादान स्थल तथा मतदान केन्द्र सिफारिस समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यक्षतामा वसेको वैठकमा स्थानीय तहबाट प्राप्त विवरण छलफल गरी निर्वाचन कार्यालय गोरखा मार्फत निर्वाचन आयोगमा सिफारिस गरिएको जनाइएको छ । गोरखा नगरपालिका–३ नारेश्वरको जनदेवी आधारभुत विद्यालयलाई नयाँ मतदान स्थल कायम गर्न सिफारिस भएको छ । गोरखा नगरपालिका–३ को विन्दवासिनी मािव नारेश्वर भोगटेनीबाट ७४० मतदाता र राष्ट्रिय मावि घलाङमा रहेको मतदानस्थलबाट १२ गरी ५७२ मतदाता जनदेवी आधारभुत विद्यालयमा सारी नयाँ मतदान स्थल कायम गर्न सिफारिस गरिएको हो । मतदाता संख्या धेरै रहेको तथा टाढाबाट मतदानका लागि आउनुपर्ने वाध्यता रहेकाले मतदान स्थल थप गर्न सिफारिस भएको हो ।
गोरखा नगरपालिका–११ को चन्द्रज्योति आधारभुत विद्यालयलाई सोहि वडाका वडा कार्यलय भवनमा सार्ने पनि सिफारिस भएको छ । साँघुरो परिसर र भौतिक पुर्वाधार प्रयाप्त नभएकाले उत्त मतदानस्थल सार्न सिफारिस गरिएको हो । शहिद लखन गाउँपालिका–३ को जनज्योती आधारभुत विद्यालयलाई नयाँ मतदान स्थल थप गर्न सिफारिस भएको छ । शहिद लखन गाउपालिका–३ को करन्टरा आधारभुत विद्यालयमा नयाँ मतदानस्थल थप गर्न पनि सिफरिस भएको छ । गंगाधर्म मावि दार्सिङबाट दुइ सय ८३ मतदाता करनटार आधारभुत विद्यालयमा र ६७८ मतदाता जनज्योति आधारभुत विद्यालयमा सारी नयाँ मतदानस्थल थप गर्न सिफारिस गरिएको हो । मतदान स्थल अपायक तथा मतदाना संख्या धेरै रहेकाले थप गरिएको जनाइएको छ । उत्त निर्णय थप कायजपत्र आवश्यक परे सम्वन्धित निकायले संकलन गर्ने र निर्वाचन आयोगमा पठाउने पनि वैठकले निर्णय गरेको छ । जिल्लामा हाल दुइ सय २२ मतदान स्थल रहेका छन् । निर्वाचन आयोगले निर्णय गरेमा मतदान स्थल थप हुने छ ।