गोरखा १ का तिन ठुला योजना पहिलो प्राथमिकतामा
गोरखा १ का तिन ठुला योजना पहिलो प्राथमिकतामा
गोरखा : गोरखा क्षेत्र नम्वर १ का तिन आयोजनालाई प्राथमिकतामा राख्ने जनप्रतिनिधिले निर्णय गरेका छन् । वुधबार र विहिबार भएको गोरखा प्रतिनिधिसभा क्षेत्र नं १ अन्तरगतका पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, योजना अधिकृत सहितको वैठककले बुढीगण्डकी जलविद्युत आयोजना सहितका तिन आयोजनालाई पहिलो प्राथमितामा राखेर अघि वढ्ने निर्णय गरेका हुन् ।
ठोरी–गोरखा बजार–रुइला भञ्ज्याङ्ग नाका तथा बेनिघाट–आरुघाट–आर्खेत–सिर्दिबास–छेकम्पार–ङुइला भञ्ज्याङ्गसम्मको मोटर बाटो निर्माणका लागि पहिलो प्राथमिकता राखि आवश्यक पहल गर्ने निर्णय गरेका हुन । समन्वयात्मक वैठक त्रैमासिक रुपमा पालिकाहरुले आलोपालो प्रणालीबाट आपसी समझदारीमा बस्ने पनि निर्णय गरेको छ । पर्यटन तथा पूर्वाधार विकास लगायतका सम्भाव्य विकासहरुको सम्भाव्यता अध्ययन गरी सम्बन्धित निकायसँग कार्यक्रमहरु माग गर्ने पनि वैठकले निर्णय गरेको छ ।
आगामी बैठकहरुमा अघिल्ला बैठकहरुले गरेका निर्णयहरुको कार्यान्वयन सम्बन्धमा समिक्षा गर्दै बैठकलाई थप प्रभावकारी एवं नतिजामुलक बनाउदै लैजाने पनि निर्णय गरेको छ । दुइ दिवसीय योजना गोष्ठिमा सम्भाव्यता अध्ययन, योजनाहरुको प्राथमिकीकरण र विकासात्मक कार्यक्रममा समिक्षा गरेको थियो । बैठकमा प्रतिनिधि सभा गोरखा १ का सासद राजेन्द्र वजगाइ, गण्डकी प्रदेश सासद नन्द प्रसाद न्यौपाने, पालिका प्रमुख, उपप्रमुख लगायतको सहभागीता रहेको थियो । वैठकमा गोरखा १ को विकास निर्माणवारे पनि समिक्षा भएको थियो ।