द्रब्यशाहका क्याम्पस प्रमुखमाथी दुब्र्यवहार

द्रब्यशाहका क्याम्पस प्रमुखमाथी दुब्र्यवहार


बुधबार, फाल्गुन ३, २०७९


द्रब्यशाहका क्याम्पस प्रमुखमाथी दुब्र्यवहार

गोरखा : गोरखा नगरपालिका–९ को लक्ष्मीबजार स्थित द्रब्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीमाथि दुब्र्यवहार र हातपात भएको छ ।

जनयुद्धको सन्दर्भलाई जोड्दै दवाडीले सामाजिक संजालमा पोष्ट गरेको अभिव्यक्तिलाई लिएर अनेरास्ववियू (क्रान्तिकारी) क्याम्पस इकाइका बिद्यार्थीहरुले मंगलवार बिहान उनीमाथि हातपात गरेका हुन् । क्रान्तिकारीका जिल्ला अध्यक्ष विष्णु पाण्डे र इकाइ अध्यक्ष अनिष अर्याल नेतृत्वमा पुगेका केही युवाहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा रहेको टेवल समेत तोडफोड गरेका छन् । ‘म एउटा द्धन्द्ध पीडित, मैले सामाजिक संजालमा क्याम्पस प्रमुखको हिसावले भन्दापनि आफ्नो नीजि बिचार राखेको थिए,’ दुवाडीले भने, ‘त्यही बिषयलाई लिएर उनीहरुले म माथि आक्रमण गरे ।’ इकाइ अध्यक्ष अर्यालसँग आएका अन्य युवा भने क्याम्पसका बिद्यार्थी नभएको उनले जानकारी दिए । दुवाडीले सामाजिक सञ्जालमा पोष्ट गरेको अभिव्यक्तिको बिरोधमा अनेरास्ववियू (क्रान्तिकारी) क्याम्पस इकाइले सोमवार राती बिज्ञप्ती समेत जारी गरेको थियो ।



दुवाडीले ‘कथित जनयुद्ध शब्दलाई बैधानिक दृढता गर्ने वर्तमान सरकार मुर्दावाद’ भन्ने अभिव्यक्ति दिएको भन्दै १२ घण्टाभित्र सार्वजनिक रुपमा माफी माग्न माग गरेका उनीहरुले मंगलवार क्याम्पस प्रमुखकै कार्यकक्षमा प्रमुखमाथि हातपात गरेका हु्न् । दुवाडीमाथि भएको कुटपिटको घटना प्रति क्याम्पसका कर्मचारी संघ र पब्लिक क्याम्पस प्राध्यापक संघले पनि भत्सर्ना गरेका छन् । संयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै उनीहरुले घटनामा संलग्नलाई अविलम्व कानूनी कारवाही गर्न माग गरेका छन् । ‘लोकतन्त्रको सुन्दर पक्षको रुपमा अभिव्यक्ति स्वतन्त्रता संविधानले व्यवस्था गरेको भए तापनि यस्ता अमानवीय र अपमानजनक व्यवहारले कानुन र लोकतन्त्रकै खिल्ली उडाएको छ,’ बिज्ञप्तीमा भनिएको छ, ‘क्याम्पस प्रमुख भए तापनि वहाँको व्यक्तिगत बिषयलाई लिएर शिक्षाको मन्दिर क्याम्पसमा नै अराजक घटना गराउने र शैक्षिक वातावरण नै बिगार्ने काम निन्दनीय छ ।’ समस्या समाधान र कानुनी उपचारका अन्य उपायको ख्याल नै नगरी व्यक्तिगत रुपमा सामाजिक सञ्जालमा उल्लेख गरिएको बिषयलाई लिएर क्याम्पस प्रमुखमाथि हातपात तथा तोडफोडका घटनाले प्राध्यापक कर्मचारीको मनोवल गिराउने काम भएको र यसले सुरक्षा चुनौती थपिएको उनीहरुले बताएका छन् । दोषीलाई संरक्षण प्रदान गरी प्रोत्साहन गरेमा बिरोधका कार्यक्रम गर्ने चेतावनी उनीहरुले दिएका छन् । घटनाको बिरोध गर्दै उनीहरुले आज क्याम्पसको पठनपाठन समेत ठप्प बनाएका छन् ।

स्वतन्त्र बिद्यार्थी यूनियनले भत्सर्ना गरेको छ । घटना पश्चात बिज्ञप्ती जारी गर्दै स्ववियूले घटनामा संलग्नलाई कारवाहीको माग गरेको छ । अनेरास्ववियू (क्रान्तिकारी) इकाइ अध्यक्ष अर्यालको नेतृत्वमा आएका केही युवाहरु गोरखा नगरपालिकाको सरकारी मोटरसाइकल समेत प्रयोग गरी गुण्डागर्दी शैलीमा क्याम्पस हाताभित्र प्रवेश गरेको र क्याम्पससँग असम्बन्धित बिषयलाई लिएर क्याम्पस प्रमुखमाथि हातपात तथा दुव्र्यवहार गरेको भन्दै उनीहरुले बिरोध जनाएका हुन् । दोषीलाई कारवाहीको माग गर्दै स्ववियूले घटनामा संलग्नहरुलाई कुनै राजनीतिक दलको संरक्षण गरिएमा बिद्यार्थीहरु बिरोधमा उत्रिने चेतावनी समेत दिएको छ । नेपाल बिद्यार्थी संघले पनि घटनाको बिरोध गर्दै दोषीलाई कारवाहीको माग गरेको छ । बिज्ञप्ती जारी गर्दै क्याम्पसमा सुरक्षाको प्रत्याभूती दिलाउन समेत माग गरेको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda