मान्द्रेढुंगा स्रोत केन्द्रबाट तरकारी विरुवा उत्पादन शुरु
मान्द्रेढुंगा स्रोत केन्द्रबाट तरकारी विरुवा उत्पादन शुरु
गोरखा : गोरखा नगरपालिका–७ मान्द्रेढुंगामा कृषि ज्ञान केन्द्र द्धारा संचालित स्रोत केन्द्रले तरकारी विरुवा उत्पादन शुरु गरेको छ । काक्रा, फर्सी, घिरौला, लौका, करेला लगायतका तरकारीको विरुवा उत्पादन भएको कार्यालयले जनाएको छ ।
उत्पादित विरुवा बिक्री वितरण समेत भइरहेको कार्यालयका प्रमुख परशुराम अधिकारीले बताए । ‘अहिले करिव १५ सय विरुवा उत्पादन भएको छ,’ उनले भने, ‘प्रति गोटा २० रुपैयाका दरले किसानलाई बिक्री गरिरहेका छौ ।’ विरुवा उत्पादनमा रासायनिक मल र बिषादी प्रयोग नभएको उनले जानकारी दिए । स्रोत केन्द्रमा मौरी सहितका ४० घार समेत छन् ।
मान्द्रेढुंगा स्थित कार्यालयको आफ्नै जग्गामा स्रोत केन्द्र स्थापना गरिएको हो । करिव २२ रोपनी क्षेत्रफलमा स्थापना भएको केन्द्रमा विरुवा उत्पादनका लागी दुई वटा टनेल छन् । दुई वटा पक्की भवन समेत रहेको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । ‘ती भवन जिर्ण थिए, गत बर्ष प्रदेशबाट परेको ५० लाखले त्यसको मर्मत ग¥यौ, यो बर्ष पाँच लाख थियो, घेरावार लगाएका छौ,’ उनले भने । केन्द्रबाट फलफुल विरुवा उत्पादन गर्ने तयारी समेत भइरहेको उनले जानकारी दिए ।