गोरखा महोत्सवमा दुइ करोडको कारोवार
गोरखा महोत्सवमा दुइ करोडको कारोवार
गोरखा : पौष २७ गतेबाट माघ ७ गते सम्म गोरखा हरमटारी खेलकुदमैदानमा भएको गोरखा महोत्सवमा दुइ करोडको कारोवार भएको छ ।
आयोजक गोरखा उद्योग वाणिज्य संघले सोमबार पत्रकार सम्मेलन गरि महोत्सवको आयब्याय जानकारी गराएको हो । महोत्सवबाट ५१ लाख ७१ हजार आठ सय २० रुपैया आम्दानी भएको र ४९ लाख १३ हजार ६५ रुपैया खर्च भएको संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले जानकारी दिए । दुइ लाख ५८ हजार दुइ सय ५५ रुपैया नाफा भएको श्रेष्ठले जानकारी दिए । तर १६ लाख ५४ हजार रुपैया उठ्नै वाकी रहेको उनले बताए । संघले १२ लाख ६० हजार तिर्न वाकी रहेको पनि जनाएको छ । उल्लेख्य रुपमा स्टल खाली भएकाले गोरखा महोत्सवबाट विगतको तुलनामा आम्दानी हुन सकेन । ‘स्थानीय उत्पादनलाई स्टलमा प्राथमिकता दिएका थियौँ, त्यसो हुदँँ केहि स्टल खाली भए, पछि कपडा राखेर स्टल भरिएको थियो,’उनले भने ।
शुरुवाती दिनमा स्टल खाली हुँदा सोचेजस्तो कारोवार हुन नपाएको संघले जनाएको छ । महोत्सवको ३५ हजारले अवलोकन गरेको पनि संघले जानकारी गराएको छ । विगतको तुलनामा यस वर्षको महोत्सवमा दर्शकहरुको पनि कम सहभागीता रहेको थियो । आन्तरिक तथा वाह्य पर्यटकलाई जिल्ला भित्राउने उदेश्यले महोत्सवको आयोजना गरिएको थियो ।