धार्चेमा निर्माण भएको हाइड्रोको उद्घाटन

धार्चेमा निर्माण भएको हाइड्रोको उद्घाटन


मङ्लबार, फाल्गुन १६, २०७९


धार्चेमा निर्माण भएको हाइड्रोको उद्घाटन

गोरखा : धार्चे गाउँपालिकामा निर्माण भएको माथिल्लो माछाखोला जलविद्युत आयोजनाको उद्घाटन भएको छ ।

विकास हाइड्रोपवार कम्पनी लिमिटेडले निर्माण गरेको ४.५५ मेगावाटको माथिल्लो माछाखोला जलविद्युत आयोजनाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन । प्रचण्डले सोमबार प्रधानमन्त्री कार्यालयमा आयोजित एक समारोहका बीच विद्युत आयोजनाको भर्चुअल रुपमा टर्वाइन सञ्चालन गरी उद्घाटन गरेका थिए ।



उद्घाटन समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताए । सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लागेको जनाउँदै गोरखा जिल्लाको हाइड्रोको उदघाटन विकासको सुरुवात भएको उल्लेख गरे । प्रधानमन्त्रीले विगतका दिनहरुमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतीपूर्ण हुने गरेको जनाउँदै यसपटक स्थायित्व दिनेमा आफूहरुको विश्वास रहेको बताए । उनले यो वर्ष चुनावी वर्षका रुपमा बितेको जनाउँदै वैशाखदेखि स्थानीय तहको निर्वाचन त्यसपछि प्रदेश र संघको निर्वाचन र अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएपछि निर्वाचन प्रक्रिया ५ वर्षका लागि सकिने र त्यसपछि विकास निर्माणको काममा लाग्ने बताए । यसले संविधान कार्यान्वयन प्रक्रिया र विकास निर्माणलाई गति दिनका लागि एउटा नयाँ आधार तयार भएको जनाउदै प्रधानमन्त्री प्रचण्डले गोरखाको जनप्रतिनिधिको हैसियतले लगानीकर्ता हरुलाई विशेष धन्यवादसमेत दिए ।

प्रधानमन्त्री प्रचण्डले हाइड्रो निर्माणमा सम्लग्न गैरआवासीय नेपालीहरु र स्थानीय लगानीकर्ताहरुको योगदानका लागि विशेष धन्यवाद ब्यक्त गर्दै एनआरएनएहरुलाई थप लगानी गर्न आग्रह गरे । उनले सरकारको अवको लक्ष्य शुसासन र विकास नै रहेकाले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रहसमेत गरे । यो हाइड्रोमा गैरआवासीय नेपालीहरूको लगानी छ । गोरखा जिल्लाको उत्तरी भू–भागमा पर्ने धार्चे गाउँपालिकामा रहेको बूढीगण्डकी नदीको सहायक नदी माछा खोलामा करिब १ अर्ब लगानीमा निर्माण सकिएको आयोजनामा प्रमोटरको ३५ प्रतिशत लगानी र राष्ट्रिय वाणिज्य बैंकको ६५ प्रतिशत ऋण मार्फत लगानी छ । आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौतामा २०८० साल असार ३० गते विद्युत उत्पादन सम्पन्न गर्ने लक्ष्य राखेको थियो । तर, ६ महिना अगावै सम्पूर्ण निर्माण कार्य पुरा गरेर उत्पादन सुरु गरेको छ । उद्घाटन समारोहमा गोरखा १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाईले गोरखाकै गुम्दा र लाप्राकको बीचमा ग्रिड निर्माण गर्ने जग्गा लिन ध्यानाकर्षण गराएका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda