जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु
जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु
गोरखा ः गोरखामा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगीता शुरु भएको छ ।
खेलकुद बिकास समितिको आयोजना र शक्ति माध्यमिक बिद्यालयको सह–आयोजनामा मंगलवारबाट प्रतियोगीता शुरु भएको हो । प्रतियोगीतामा चुमनुव्री वाहेक जिल्लाका अन्य सबै स्थानीय तहका बिद्यार्थीहरुको सहभागीता रहेको छ । यसअघि पालिका स्तरमा भएको छनोट प्रतियोगीताका बिजेता खेलाडीहरु यस प्रतियोगीतामा सहभागी भएको खेलकुद बिकास समिति अध्यक्ष शान्त सिं बस्न्यातले बताए । बिहीवारसम्म चल्ने प्रतियोगीतामा भलिवल, कवड्डी, एथलेटिक्स लगायतका खेलहरु हुनेछन् । प्रतियोगीताको मंगलवार एक कार्यक्रमका बिच राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उद्घाटन गरेका छन् । उद्घाटन पश्चात बोल्दै उनले अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने खेलाडी पालिकाबाट उत्पादन गर्नुपर्ने बताए । खेलको बहुआयामिक महत्वलाई बुझेर खेल क्षेत्रको बिकासका लागी आवश्यक पूर्वाधारहरु पनि निर्माण गर्नुपर्ने उनको भनाइ छ । खेल शुरु हुनुअघि भएको मार्चपासमा बारपाक सुलिकोट गाउँपालिका पहिलो भएको छ ।