राष्ट्रपति रनिङ शिल्डमा १८ विधाका खेल सम्पन्न
राष्ट्रपति रनिङ शिल्डमा १८ विधाका खेल सम्पन्न
गोरखा : जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तरगत वुधबार सम्म १८ विधाका खेल सम्पन्न भएका छन् ।
वुधबारबाट जिल्ला स्तरीय प्रतियोगीता शुरु भएको हो । हाल सम्म सिरानचोक गाउँपालिकाले विभिन्न विधामा ६ स्वर्ण, ५ रजत र ४ कास्य, गोरखा नगरपालिकाले ३ स्वर्ण, १ रजत र ४ कास्य, पालुङटार नगरपालिकाले ४ स्वर्ण २ रजत र ३ कास्य, आरुघाट गाउपालिकाले १ रजत र ३ कास्य, भिमसेन थापा गाउपालिकाले २ रजत, वारपाक सुलिकोट गाउपालिको ३ स्वर्ण र ४ रजत, गण्डकी गाउपालिकाले १ स्वर्ण २ रजत र २ कास्य, अजिरकोट गाउपालिको १ स्वर्ण र २ कास्य, शहिद लखन गाउपालिकाले १ रजत पदक जितेका छन् ।
दौड, लङजम्प, सटपुट, त्रिपलजम्प लगायतका प्रतियोगीता सम्पन्न भएको सहआयोजक विद्यालय शक्ति माविका वद्रि अर्यालले बताए । उनका अनुसार ३० विधामा खेल हुने छ । भलिवलको सेमिफाइनल, कवड्डी, ज्याब्लीङ थ्रो, हाइजम्प लगायतका प्रतियोगीता आज हुने उनले बताए । प्रतियोगीतामा १० गाउपालिकाका आठ सय वढी विद्यार्थी सहभागी छन् । जिल्ला स्तरीय प्रतियोगीतामा छनौट भएका खेलाडी प्रदेश स्तरीय प्रतियोगीतामा भाग लिन पाउने छन् ।