राष्ट्रपति रनिङ शिल्डको उपाधि सिरानचोक गाउँपालिकाले जित्यो
राष्ट्रपति रनिङ शिल्डको उपाधि सिरानचोक गाउँपालिकाले जित्यो
गोरखाः राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उपाधि सिरानचोक गाउँपालिकाले जितेको छ ।
सिरानचोकले ९ स्वर्ण ६ रजत र ६ कास्य गरी २१ पदक हात पारेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगीतामा उपाधि जितेको सिरानचोक गाउँपालिकालाई शुक्रबार एक कार्यक्रमका विच शिल्ड प्रदान गरिएको थियो । प्रतियोगीतमा पालुङटार नगरपालिका दोस्रो वनेको छ । पालुङटारले ५ स्वर्ण, ३ रजत र ४ कास्य सहित १२ पदक जितेको छ ।
वरापाक सुलिकोट गाउँपालिले ४ स्वर्ण, ४ रजत र १ कास्य जितेरतेस्रो वनेको छ । ४ स्वर्ण, ३ रजत र १ कास्य ससहित भिमसेन थापा गाउँपालिका चौथो वनेको छ । गोरखा नगरपालिको ३ स्वर्ण, ३ रजत र ५ कास्य, गण्डकी गाउँपालिकाले २ स्वर्ण, ३ रजत र ४ कास्य, आरुघाट गाउँपालिकाले १ स्वर्ण, २ रजत र ५ कास्य, अजिरकोट गाउँपालिकाले १ स्वर्ण, १ रजत र ३ कास्य, शहिद लखन गाउँपालिकाले १ स्वर्ण, ३ रजत र १ कास्य जितेको छ । प्रतियोगीतामा १० वटा विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको थियो । भलिवल, कवड्डी, दौड लगायतका ३० विधाका खेल संचालन भएको थियो ।
पालिका स्तरीय प्रतियोगीतामा छनौट भएका खेलाडीले जिल्ला स्तरीय प्रतियोगीतामा भाग लिएका थिए । अव जिल्ला स्तरीय प्रतियोगीताबाट छनौट भएका खेलाडी प्रदेश स्तरीय प्रतियोगीतामा भाग लिन पाउने छन् ।