मनकामनामा परेवा लैजान निषेध
मनकामनामा परेवा लैजान निषेध
गोरखाः मनकामना मन्दिरमा परेवा लैजान निषेध गरिएको छ । देशका विभिन्न ठाउँबाट आएका भक्तजनले ल्याएका परेवा हावापानी नमिल्दा मर्ने गरेका छन् ।
यसले मनकामनाम क्षेत्रका परेवामा समेत रोग सार्ने समस्या देखिएपछि परेवा ल्याउन पुर्ण रुपमा निषेध गरिएको सोमबार सुचना जारी गरी जनाइएको छ । परेवा मरेपछि सर्नसक्ने रोग, दुर्गन्धले ब्यवस्थापनमा चुनौति थपिएको जनाइएको छ । दुइ बर्ष अघि नै परेवा ल्याउन रोक लगाइपनि आउने क्रम नरोकिपछि कडाइ गरिएको हो ।
ताजा अपडेट
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार