राङरुङ–बारपाक खण्डको पहिरो नियन्त्रणका गर्न अध्ययनको तयारी
राङरुङ–बारपाक खण्डको पहिरो नियन्त्रणका गर्न अध्ययनको तयारी
गोरखाः बाह्रकिलो–वारपाक सडक खण्ड अन्तरगत राङरुङ देखि वारपाक सम्मको सडकमा वर्सेनी वर्षादको वेलाको पहिरो खस्ने जोखिम वढेपछि भु वातावरण अध्ययनको तयारी गरिएको छ ।
बारपाक देखि राङरुङ सम्मको ६ वटा घुम्तीमा वर्षेनी पहिरो खस्दा वर्खाको वेला सडक अवरुद्ध हुने समस्या थपिएको छ । उत्त खण्डको दिर्घकालीन समस्या समाधानका लागि भौगर्विक अध्ययनबाट निक्र्यौल निकाल्ने ११ किलो छेवेटार भालुस्वाँरा वारपाक सडक कार्यालयका प्रमुख पशुपति ज्ञवालीले बताए । ‘डिपिआर गर्दा र ठेक्का लाग्दा सम्म समस्या थिएन, भूकम्प आयो पहिरो झर्ने समस्या थपियो,’ उनले भने,‘अहिले सुख दुख पहिरो पन्छाएर साइट क्लीएर गरेका छौँ, सधै यसरी हुदैन, दिर्घकालको समस्या समाधानका लागि भुवातावरण अध्ययन गरेर कुन प्रविधि अपनाउने निक्र्यौल गर्छौ ।’ उत्त खण्डको अप्ठारो घुम्तीमा जमिन भासिएर विगत केहि वर्ष यता पहिरो जान थालेको छ । बालुवा वारपाक खण्डको ३० देखि ४६ किलोमिटर खण्डमा कालोपत्रको जिम्मा रसुवा एलाइट सुर्य जेभिले पाएको छ । ठेकेदार कम्पनीले २०७३ असार २६ गते दुइ वर्ष भित्र कालोपत्रे सक्ने लक्ष्यका साथ ठेक्का सम्झौता गरेको छ । २०७५ असार १३ भित्रै सक्नुपर्ने सडकको म्याद सकिएको चार वर्ष वित्दा ७० प्रतिशत मात्र सकिएको छ ।
उत्त खण्डमा अहिले बर्खामा झरेको पहिरो पन्छाएर नाला निर्माण, ह्वीम पाइप राख्ने लगायतका काम भइरहेको छ । उत्त खण्डको १६ किलोमिटर मध्ये पाँच किलोमिटरमा कालोपत्रे भएको छ । राङरुङ(मान्द्रे खण्डको ठाउँ/ठाउँमा दुइ किलोमिटर ढलानको काम पनि भएको छ । यो खण्डमा अव नौ किलोमिटर कालोपत्रेको काम वाँकी छ । । फागुन अन्तिमबाट मान्द्रे देखि वारपाक सम्म कालोपत्रेको तयारी भइरहेको कार्यालयले जनाएको छ । उत्त खण्डको म्याद २०८० असार सम्म थप भएको छ । चाडो सडक कालोपत्रे भए आउजाउमा सहज हुने स्थानीय बताउँछन् ।
ताजा अपडेट
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार